उत्पादनका हिसाबले महेन्द्रनगर, बेदकोट, कृष्णपुर, बेलौरी, पुर्नवास र दोधारा-चाँदनी उर्वर भूमिका रूपमा रहेको छ। तर पछिल्ला केही वर्षयता यही उर्वर भूमिमा धमाधम घर बनिरहेका छन्।
पहिलो चरणको यो अभियान शुक्रबारदेखि भदौ २४ गतेसम्म चल्ने छ। मंसिर ४ गते तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेसले सबै जिल्लामा प्रतिनिधि खटाएको हो।
‘जनताको साथमा कांग्रेस’ अभियानलाई लक्षित गरी नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले प्रदेशभित्रका ११ वटै जिल्ला र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रतिनिधि खटाएको छ।
वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएका १२ हजार ८४७ मध्ये ९ हजार ४०६ जनाले खर्च विवरण नबुझाएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ।
'दुई–तीन पटक विभागका उच्च कर्मचारी र प्रधानमन्त्री निकट केही व्यक्ति उहाँसँग अनौपचारिक कुरा गर्न खोजिरहेका थिए,' उनले भने, 'सहसचिवज्यूले औपचारिक छलफल वा पत्राचार गरेर आधिकारिक धारण राख्नुस् भन्दै कुरा गर्नै...
नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भएको हो।