शनिबार, साउन २३, २०८३

निर्वाचन अजेन्डामा छलफल गर्न एमाले केन्द्रीय समिति बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। स्थायी कमिटी बैठकले तय गरेका १९ वटा अजेन्डामा छलफल गर्न एमालेको केन्द्रीय समिति बैठक बस्न लागेको हो।

बैठकमा आगमी ४ मंशिरमा हुनगइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनौटको मापदण्डका विषयमा छलफल हुने छ। 

यस्तै, स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लिनेलगायतका अजेन्डामा समेत बैठकमा छलफल हुने एमालेले बताएको छ। प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बैठक दुई दिनसम्म चल्ने जानकारी दिएका छन्।

प्रकाशित: Aug 26, 2022| 07:20 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...