बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेबाट नेकपा एसले गर्‍यो उम्मेदवार सिफारिस, अशोक कोइराला प्रदेशमा

बाँकेबाट नेकपा एसले गर्‍यो उम्मेदवार सिफारिस, अशोक कोइराला प्रदेशमा

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जिल्ला जिल्लामा उम्मेदवार छनौटको रस्साकस्सी चलिरहेको छ।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

बाँके- मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जिल्ला जिल्लामा उम्मेदवार छनौटको रस्साकस्सी चलिरहेको छ। यसैसन्दर्भमा नेकपा एकीकृत समाजवादी बाँकेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको उम्मेदवार सिफारिस गरेको छ।

National life

नेकपा एकीकृत समाजवादी बाँकेले जिल्लाको तीन वटा संघीय निर्वाचन क्षेत्र र ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको बताएको हो।

पार्टीका केन्द्रीय सदस्य एवं बाँके जिल्ला इन्चार्ज अशोक कोइरालाले मंसिर ४ गते हुने निर्वाचनका लागि सर्वसम्मत रूपमा जिल्लाबाट प्रदेशमा उम्मेदवार सिफारिस गरिएको बताए। उनले गठबन्धनलाई बलियो बनाउँदै आफ्नो पार्टीको तर्फबाट पनि सशक्त तयारी थालिने बताएका छन्। 

जिल्लाबाट क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका लागि यमबहादुर आले, इतवारी थारु र मञ्जु कोइरालालाई सिफारिस गरेको छ। प्रदेश तर्फ (क) मा केशवराम यादव, रामकृष्ण विक र प्रेमिका शाही र प्रदेश ९ख० मा अशोक कोइराला, अब्दुल हुसेन खाँ र केशकुमारी भुसालको नाम सिफारिस गरेको छ।

यस्तै क्षेत्र नम्बर २ बाट संघीय निर्वाचनमा विनोद मैनाली, महेन्द्रराज शर्मा र अब्दुल जब्बर मञ्जरीको नाम परेको छ भने प्रदेश (क) मा लक्ष्मणप्रसाद गौतम, सुनिता बर्मा र शान्ता थपलियाको नाम सिफारिस गरेको छ भने प्रदेश (ख) मा समसुद्दिन सिद्दिकी, करिश्मा कुमारी योगी र डम्बरबहादुर थापालाई सिफारिस गरेको कोइरालाले बताए।

Shivam cement

निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभाबाट दलबहादुर सुनार, होमनाथ सापकोटा र लक्ष्मी सिंह ठकुरीको नाम टुंगो लागेको छ। क्षेत्र नम्बर ३ को प्रदेश सभा तर्फ (क) बाट दीपक जिएम, भगवती शाह र मनकुमारी चन्द र प्रदेश सभा सदस्य (ख) मा इन्द्रबहादुर थापा, लालबहादुर खत्री, भद्रप्रसाद देवकोटा र रुपा रावलको नाम सिफारिस गरिएको छ।

प्रकाशित: Aug 26, 2022| 07:40 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...