बुधबार, जेठ २७, २०८३

सात लघुबिमाको लाइसेन्स खुल्ला

नियामक निकाय बिमा समितिले सात लघुबिमाको लाइसेन्स वितरण गर्न प्रस्ताव आह्वान गरेकोछ।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

काठमाडौं- नियामक निकाय बिमा समितिले सात लघुबिमाको लाइसेन्स वितरण गर्न प्रस्ताव आह्वान गरेकोछ। 

National life

सार्वनिक सूचना जारी गर्दै बिमा समितिले नयाँ लघुबीमाको लाइसेन्स लिन चाहने जोसुकैलाई लघुबिमा स्थापना सम्बन्धी निर्देशिका बमोजिमको प्रस्ताव दर्ता गर्न आह्वान गरेको हो।

बिमा समितिले प्रकाशन गरेको सूचना अनुसार ३५औं दिन दिनको १२ बजेभित्र दरखास्त पेस गरिसक्नुपर्नेछ। प्राप्त प्रस्ताव मध्ये सबैभन्दा उच्चतम अंक ल्याउने मध्येबाट तीन वटा जीवन बिमा र चार वटा निर्जीवन लघुबिमालाई लाइसेन्स वितरण गरिनेछ।

कूल ७५ करोड चुक्ता पुँजी भएको लघुबिमा कम्पनी काठमाडौं बाहिर कार्यालय राखी सञ्चालन गर्नुपर्नेछ। लघुबिमा कम्पनीको लाइसेन्स लिँदा क्रस होल्डिङ हुने गरी लगानी गर्न नपाइने व्यवस्था गरिएको छ।



Shivam cement

प्रकाशित: Aug 26, 2022| 08:48 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्