बुधबार, जेठ २७, २०८३

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ५२ पैसा र बिक्री दर १२८ रुपैयाँ कायम गरेको छ।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ५२ पैसा र बिक्री दर १२८ रुपैयाँ कायम गरेको छ। 

National life

युरो एकको खरिद दर १२७ रुपैयाँ ४१ पैसा र बिक्री दर १२८ रुपैयाँ कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५० रुपैयाँ ९६ पैसा र बिक्री दर १५१ रुपैयाँ ६७ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ३७ पैसा र बिक्री दर १३२ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ९७ पैसा र बिक्री दर ८९ रुपैयाँ ३९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ २० पैसा छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३४ पैसा र बिक्री दर ९ रुपैयाँ ३९ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६१ पैसा र बिक्री दर १८ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९२ पैसा र बिक्री दर ३४ रुपैयाँ ०८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ८५ पैसा र बिक्री दर ३५ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

Shivam cement

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६५ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ५४ पैसा र बिक्री दर ९ रुपैयाँ ५८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।   -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Aug 26, 2022| 06:50 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्