शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • असोजबाट बजार अनुगमनलाई तिव्रता दिने वाणिज्य विभागको तयारी

असोजबाट बजार अनुगमनलाई तिव्रता दिने वाणिज्य विभागको तयारी

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप जनशक्तिसहित असोजदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

काठमाडौं- वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप जनशक्तिसहित असोजदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ।

हाल १० देखि १२ जनाको तीन टोलीले बजार अनुगमन गर्दै आएकोमा असोज पहिलो साताबाट थप जनशक्तिसहित अनुमगन गर्ने तयारी विभागले गरेको हो।

विभागका निर्देशक होमनाथ भट्टराईले चाडपर्व लक्षित बजार अनुगमनका लागि बजेट तथा जनशक्ति ब्यवस्थापनका बारेमा गृहकार्य भइरहेको जानकारी दिएका छन्।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले बाणिज्य बिभागलाई नियमित चाडपर्व लक्षित बजार अनुगमनका लागि ६० लाख रुपैयाँ बजेट बिनियोजन गरिसकेको छ। सो रकम निकासाका लागि विभागले मन्त्रालयलाई ताकेता गरेको छ।

अघिल्लो वर्ष पनि असोज पहिलो साताबाट सुरु भएको बजार अनुगमन गर्दा झन्डै ५ सयभन्दा बडी ब्यवसायिकफर्मवाट ३५ लाख रुपैयाँ जरिवाना असुल गरेको थियो। 

प्रकाशित: Aug 26, 2022| 09:01 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्