शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बालेनप्रति महेश बस्नेतको आक्रोश, डोजर चलाउन ड्राइभिङ सिकेर आउन चेतावनी

बालेनप्रति महेश बस्नेतको आक्रोश, डोजर चलाउन ड्राइभिङ सिकेर आउन चेतावनी

नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

प्रमुख शाहले काठमाडौं महानगर भित्र अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउन थालेसँगै नेता बस्नेतले उनको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्। नेता बस्नेतले सामाजिक सञ्जालमार्फत बालेनको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरें खुसी लाग्यो। तपाईलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ। मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगर पालिकामा काजमा आउनुहोला,’ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। 

बिहीबार अल्फा बिटा कम्प्लेक्समा अवैध संरचना भत्काउने क्रममा प्रमुख शाह र अल्फा बिटाको सञ्चालकबीच नक्सालाई लिएर विवाद भएको थियो। पछि अफिस गएर नक्सा ल्याई शाहले अवैध रुपमा निर्माण गरिएको संरचना भत्काएका थिए । 

‘तपाइँलाई भत्काउने र ध्वंस गरेर हिरो हुन्छु भन्ने लाग्या होला। हाम्रोतिर ध्वंस होइन निर्माणको लहर चलेको छ। यताका डोजरमा मेयर चढ्दैनन् ड्राइभर चढ्छन्। डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनुहोला,’ बस्नेतले शाहलाई कटाक्ष गरेका छन्। 

बस्नेतले शाहलाई २/४ सय फेसबुके फ्यान भए भनेर नमात्तिन आग्रह गरेका छन् । ‘विगतका यस्ता २/४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन् खोज्नै पर्ने भाको छ। गाली गलौजको संस्कृति हाम्रो संस्कृति होइन। त्यसको विकास र प्रोत्साहनमा अहिले त रमाइलै होला पछि तपाईंका बिरोधीले पनि त्यही शैली अपनाए भने गाह्रो होला,’ बस्नेतले फेसबुकमा लेखेको छन्। 

प्रकाशित: Aug 26, 2022| 08:20 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...