शनिबार, मंसिर ६, २०८२

विराटनगरमा रात्रिकालीन फुटबल प्रतियोगिता हुने

विराटनगरमा शनिबारदेखि रात्रिकालीन फुटबल प्रतियोगिता हुने भएको छ।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

विराटनगर- विराटनगरमा शनिबारदेखि रात्रिकालीन फुटबल प्रतियोगिता हुने भएको छ।

National life

सहिद रंगशालामा मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिता हुन लागेको हो। विराटनगरमा पहिलो पटक ४० वर्षमाथि उमेर समूहका खेलाडीबीच प्रतियोगिता हुन लागेको संयोजक वसन्तराज अर्यालले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा प्रदेश १ का झापा, मोरङ र सुनसरी र मधेस प्रदेशको लहानको टोली सहभागी हुने छ। 

विराटनगरबाट मिल्स भेट्रान्स क्लब, हाटखोला भेट्रान्स क्लब, र आयोजकका तर्फबाट विराट मेघा भेट्रान्स क्लबको ए र बी गरी ४ टोली रहने कार्यक्रम संयोजक अर्यालले बताए। झापाबाट दुधे भेट्रान्स क्लब, मोरङको डाँगीहाटबाट जहदा भेट्रान्स क्लब, सिद्राहा भेट्रान्स क्लब, सुनसरीबाट दुहबी भेट्रान्स क्लब, र मधेस प्रदेशबाट लहान भेट्रान्स क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ हात पार्ने छ। 

प्रतियोगिताका लागि कुल ६ लाख ७० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। जसमा फ्लड लाइट र टोली व्यवस्थापन खर्च समान १ लाख ५० हजार रुपैयाँ हुने अनुमान गरिएको छ।  

प्रतियोगिता आयोजनाका लागि विराटनगर महानगरबाट १ लाख र मुख्य प्रायोजकबाट २ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। 

Laxmi sunrise bank
kumari

शनिबार हुने पहिलो उद्घाटन खेलमा विराटनगर रानीको मिल्स भेट्रान्स क्लब र झापाको दुधे भेट्रान्स क्लबबीच स्पर्धा हुने आयोजकले जनाएको छ। आयोजकका अनुसार प्रतियोगिताका सबै खेल बेलुका ६ बजेर ३० मिनेटमा सुरु हुनेछ।

यसअघि विराट गोल्डकपको दुई संस्करण रात्रिकालीन भएसँगै शनिबारबाट सहिद मैदानमा मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिता हुन लागेको हो।

प्रकाशित: Aug 26, 2022| 07:10 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।