शनिबार, असार ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ऋषि सुनक बेलायतको प्रधानमन्त्रीमा नियुक्त, बनाए यस्ता रेकर्ड

सुनक बेलायती राजा चार्ल्सले नियुक्त गरेका पहिलो प्रधानमन्त्री बनेका छन्। आमा एलिजाबेथको मृत्यु भएपछि चार्ल्स केही साताअघि मात्रै बेलायतको राजा बनेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

डेङ्गुको उच्च जोखिममा बर्दिबास

साउनदेखि कात्तिकको पहिलो सातासम्म बर्दिबास नगरक्षेत्रमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १४० पुगेको नगर जनस्वास्थ्य शाखाका प्रमुख सुरेश पासवानले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

जाजरकोटको नलगाड जलविद्युतको डीपीआर ६ वर्षमा पनि निर्माण भएन

३१ महिनाभित्र डीपीआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको काम सुरु गरिएकामा ६ वर्ष बित्दासम्म काम पूरा हुन सकेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

६ वर्षमा पनि बनेन नलगाढको डीपीआर

सन् २०१६ मा ३१ महिनाभित्र आयोजनाको डीपीआर सम्पन्न गर्ने गरी नलगाड जलविद्युत् कम्पनी, अस्ट्रेलियाको स्नोइ माउन्टेन इञ्जिनियरिङ कर्पोरेसन (स्मेक), एमडब्ल्युएच र नेपालको उदय जेभीबीच सम्झौता भएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

काठमाडौंका सीडीओले भने- उपत्यकाको सुरक्षा मजबुत पारिएको छः

जिल्ला प्रशासन कार्यालय काठमाडौंले दीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा राजधानी उपत्यकाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

सुरु भयो सूर्य ग्रहण, कुन-कुन राशीले हेर्न मिल्छ?

कात्तिक कृष्ण औँसीका दिन मंगलबार खण्डग्रास सूर्यग्रहण लागेको छ। ग्रहण मंगलवार दिउँसो ४ बजेर ५३ मिनेटमा सुरु भएको हो। यो ५ बजेर २६ मिनेटमा अन्त्य हुने ज्योतिषीहरुले बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

झिनियाँको माग थेग्नै मुस्किल

अघिल्ला वर्षको तुलनामा यस पटक झिनियाँको माग धेरै हुन थालेको छ। दसैं सुरु भएदेखि नै तिहारलाई लक्ष्य गरी झिनियाँ तयार पारे पनि ग्राहकको मागअनुसार यस पटक बजार थेग्न मुस्किल परेको...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी भइसकेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

भरतपुरमा शंकास्पद बस्तु भेटिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

भरतपुरमा नयाँ मेडिकल कलेज अगाडि शंकास्पद झोला भेटिएपछि पूर्व–पश्चिम राजमार्गमा प्रहरीले सवारी साधन रोकेको छ। बम राखेको आशंकामा प्रहरीले बाटोमा सवारी साधन रोक्नु परेको बताएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

मापसे चेकिङमा कडाइ : ३०० बढी सवारी चालक कारबाहीमा

काठमाडौं उपत्यकामा ३०० बढी सवारी चालक मापसे चेकिङमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको तिहारलक्षित चेकिङका क्रममा पछिल्लो २४ घण्टामा ३०० बढी सवारी चालक कारबाहीमा परेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

उम्मेदवारलाई ३ वटा सम्पर्क कार्यालय खोल्न आयोगको अनुमति

आयोगले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेट्ने गरी बढीमा ३ वटा सम्पर्क कार्यालय खोल्न सक्ने बताएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

सर्वोच्च अदालत भाइटीकाको दिनबाहेक ११ देखि ३ बजेसम्म खुल्ने

सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि विहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

तिहार बिदामा महानगरका अत्यावश्यक काम नियमित

महानगरले दमकल सेवा, सरसफाइ, कल सेन्टरबाट हुने स्वास्थ्य परामर्श सेवा तिहार बिदामा पनि नियमित सञ्चालन गरिने बताएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

शान्ति मिसनमा पठाइँदै सरकारी डाक्टर

स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै एक वर्षे मिसनमा लागि लिबियामा जान चाहने जनरल सर्जनलाई आगामी १६ कात्तिकसम्म सम्पर्क गर्न आग्रह गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

घर फर्किँदै यान्छी, भनिन्- नेपालबाट अनुभव र माया बोकेर जाँदैछु

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर घर फर्किँदैछिन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

आत्मनिर्भर बन्न सघाउँदैछ फूलखेती [तस्बिरसहित]

'अब उचित तालिम मिलेमा अगाडि बढ्न हौसला मिल्ने थियो,’ उनले भनिन्, ‘उद्यमी हुँदा दुईचार पैसा हातमा पर्छ। यसमै खुशी छौँ। श्रीमानसँग हात थापिरहनुपर्दैन।’
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

जलविद्युत् केन्द्रमा बाढीले क्षति पुर्‍याउँदा मुगु बिजुलीविहीन

बाढीपहिरोले छायानाथ रारा नगरपालिका–४ स्थित विद्युत्गृहको ११०० मिटर लामो नहरमध्ये झन्डै ७०० मिटरमा क्षति पुगेपछि मुगुमा विद्युत् अवरुद्ध।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

रामेछापमा बसको ठक्करबाट महिलाको मृत्यु

रामेछापको मन्थली नगरपालिका–१४ स्थित फुलासीमा बसको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा फुलासी घर भएकी करिब ५० वर्षीया चन्द्र कुमारी परियार छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९