बिहीबार, साउन १४, २०८३

संविधान दिवस मनाउन स्थानीय तहलाई काटियो पत्र

मन्त्रालयले संविधान दिवस तीन दिनसम्म मनाउन मुलुकभरका ७५३ स्थानीय तहलाई परिपत्र गरेको हो।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं– संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले संविधान दिवस तीन दिनसम्म मनाउन मुलुकभरका ७५३ स्थानीय तहलाई परिपत्र गरेको छ। संविधान दिवस आउँदो ३ असोजमा मनाइँदै छ।

मन्त्रालयले २, ३ र ४ असोजमा विभिन्न कार्यक्रम गरी दिवस मनाउन सबै स्थानीय तहलाई परिपत्र गरेको हो। 

स्थानीय पालिकास्थित सबै सरकारी कार्यालयले राष्ट्रिय झन्डा एवं संविधान दिवसको ब्यानर सजाई कार्यालय परिसर सरसफाइ गर्ने, पालिकाबासीलाई आ–आफ्नो घर–टोल र सार्वजनिक स्थल सरसफाइ गर्न अनुरोध गर्ने, सबै पालिकाबासीलाई सार्वजनिक स्थल र घरघरमा साँझ दिपावली गर्न मन्त्रालयले बुधबार परिपत्र गरेको छ।

प्रकाशित: Sep 15, 2022| 12:20 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।