सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चार दिने नेपाल भ्रमण सकेर दक्षिण कोरिया उडे चिनियाँ नेता ली चान्सु

चार दिने नेपाल भ्रमण सकेर दक्षिण कोरिया उडे चिनियाँ नेता ली चान्सु

उनलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षबाट विदाई गरेका छन्।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं- नेपालको चार दिने औपचारिक भ्रमण सकेर चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु दक्षिण कोरियातर्फ प्रस्थान गरेका छन्। उनलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षबाट बिदाई गरेका हुन्।

National life

ली चान्सु यसअघि मंगोलिया र रसियाको भ्रमण सकेर यही भदौ २७ गते अपराह्न नेपाल भ्रमणमा आएका थिए।उनलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

सोही दिन सभामुख सापकोटा र अध्यक्ष चान्सुबीच संघीय संसद भवनको तिलिचो हलमा शिष्टाचार भेट वार्ता भएको थियो। त्यस पछि संसद भवनको लोत्से हलमा सभामुख सापकोटा र चान्सुले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक वार्ता गरेका थिए।

वार्ता पछि नेपालको संघीय संसदको प्रतिनिधि सभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस (नेसनल पिपुल्स कंग्रेस) बीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो।


Shivam cement

प्रकाशित: Sep 15, 2022| 09:51 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...