आइतबार, मंसिर ७, २०८२

एसिया कप छनोटमा नेपालको लज्जास्पद तेस्रो हार

बहराइनमा जारी छनोटको पहिलो खेलमा भुटानसँग, दोस्रोमा कतारसँग हारेको नेपालले तेस्रोमा खेलमा आयोजक टिमसँग हार बेहोरेको हो।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं- यू २० एसिया कप छनोटमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। बहराइनमा जारी छनोटको पहिलो खेलमा भुटानसँग, दोस्रोमा कतारसँग हारेको नेपालले तेस्रोमा खेलमा आयोजक टिमसँग हार बेहोरेको हो।

National life

यससँगै नेपाल अर्को वर्ष हुने यू २० एसिया कपबाट बाहिरिएको छ। बुधबार रातिको खेलमा नेपालले बहराइनसँग ६-० गोलको हार बेहोरेको थियो। खेलको नवौं मिनेटमै बहराइनका कप्तान अब्दुल्लाह सुलतानले पेनाल्टीमार्फत् गोल गरेपछि नेपाल एक गोलले पछि परेको थियो।

त्यसपछि बहराइनले ३७, ६७, ४, ८ र इन्ज्युरी समयमा गोलवर्षा गर्दै नेपालको पोस्टमा आधा दर्जन स्कोर गरेको थियो। यता नेपाली डिफेन्डर अमर श्रेष्ठले खेलको २८ औं मिनेटमै रेड कार्ड बेहोरेपछि नेपालको टिम १० खेलाडीमा समेटिएको थियो।

१० खेलाडीमा समेटिएको टिमविरुद्ध ७७ औं मिेनटमा मैदान छिरेका अब्दुल्लाह अलीले खेलको ४औं र ८औं मिनेटमा गोल गरेका थिए। ४६औं मिनेटमा मैदान छिरेका मुबारक मोहम्मद हबिबले चाहिँ इन्ज्युरी समयमा गोल गरेका थिए।

खेलको ६७औं मिनेटमा अब्दुलरहमान गडबन र ३७औं मिनेटमा साद अब्दुल्लाह अत्तरले गोल गरेका थिए। यो हारसँगै अंकविहिन रहेको नेपाल तालिकाको पुछारमा रहेको छ। समूहको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष उज्वेकिस्तानमा हुने यू २० एसिया कप खेल्न पाउनेछ। यता गएराति जित निकालेको बहराइनले पनि दुई खेलबाट चार अंक बनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 15, 2022| 09:13 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।