आइतबार, मंसिर ७, २०८२

च्याम्पियन्स लिगमा मेस्सीका दुई कीर्तिमान

अइफलविरुद्ध गोल गर्दै मेस्सी च्याम्पियन्स लिगमा ३९ फरक–फरक टिमलाई गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं– युरोपयन च्याम्पियन्स लिगमा गत राती पीएसजीले मक्काबी हइफलाई ३–१ गोल अन्तरले पराजित गरेको छ। सोही क्रममा एक गोल र एक असिस्ट गरेका अर्जेन्टाइन स्टार लियोनल मेस्सीले च्याम्पियन्स लिगमा दुई कीर्तिमान बनाएका छन्। 

National life

बुधबार राती भएको खेलमा अइफलविरुद्ध गोल गर्दै मेस्सी च्याम्पियन्स लिगमा ३९ फरक–फरक टिमलाई गोल गर्ने पहिलो खेलाडी बनका छन्। पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लियोनल मेस्सीले यो कीर्तिमान बनाएका हुन्। रोनालडोले ३८ टिमलाई गोल गरेका छन्, तर म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट हुन नसकेपछि उनले  यसपटकको च्याम्पियन्स लिग गुमाएका छन्।

त्यस्तै, मेस्सी च्याम्पियन्स लिगको १८ सिजनमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। सन् २००५÷६ बाट च्याम्पियन्स लिगमा डेब्यु गरेका मेस्सीले अहिलेसम्म १८ सिजनको च्याम्पियन्स लिगमा गोल गरेका छन्।

मेस्सीले चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्। च्याम्पियन्स लिगमा १२६ गोल गरेका मेस्सी क्रिस्टियानो रोनाल्डोलाई पछि सर्वाधिक गोलकर्ता बनेका हुन्। रोनाल्डोले च्याम्पियन्स लिगमा १४० गोल गरेका छन्।

प्रकाशित: Sep 15, 2022| 12:02 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।