मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • करिष्मा मानन्धर एमालेको साहित्य, कला तथा संस्कृति विभाग सदस्य मनोनित

करिष्मा मानन्धर एमालेको साहित्य, कला तथा संस्कृति विभाग सदस्य मनोनित

अभिनेत्री करिष्मा मानन्धर नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभाग सदस्यमा मनोनित भएकी छन्।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं– अभिनेत्री करिष्मा मानन्धर नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभाग सदस्यमा मनोनित भएकी छन्। नेपाली चलचित्र उद्योगमा तीन दशक बिताइसकेकी मानन्धर गत चैतमा एमालेमा प्रवेश गरेकी थिइन्। 

प्रतिनिधिसभा सदस्य चुनाव नजिकिसँगै एमालेले विभाग सदस्यको जिम्मेवारी करिष्मालाई दिएको हो। विभागका प्रमुख रघुजी पन्त र सचिव सूर्य थापा छन्।

‘करिष्मा मानन्धरलाई विभागको सदस्य मनोनित गर्नु भन्ने निर्देशन आएपछि गरिएको हो,’ विभागका एक सदस्यले भने। दशौं महाधिवेशन पछि एमालेको विभागीय सदस्य मनोनित अध्यक्ष केपी शर्मा ओली आफैंले गर्दै आएका छन्। 

करिश्माले आफूलाई पार्टीले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताइन्। भनिन्, ‘पार्टीको जिम्मेवारी पूरा गर्ने यो मेरो अवसर हो।’


प्रकाशित: Sep 15, 2022| 11:20 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...