मंगलबार, फागुन १९, २०८२

सिटी, रियल र पिएसजीको जित, बराबरीमै रोकियो चेल्सी

इतिहाद रंगशालामा सम्पन्न भएको खेलमा सिटीले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई २–१ ले हराएको हो।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं- युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएका खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी), इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल मड्रिडले जित निकालेका छन्।

इतिहाद रंगशालामा सम्पन्न भएको खेलमा सिटीले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई २–१ ले हराएको हो। सिटीलाई जित दिलाउनका लागि पूर्व डर्टमन्ड खेलाडी इर्लिङ हाल्यान्ड र जोन स्टोन्सले एकएक गोल गरे। जुड बेलिङघमले एक गोल फर्काएका थिए।

रियलको मैदान बर्नाबेउमा भएको खेलमा चाहिँ घरेलु टिमले आरबी लाइप्जिकलाई २–० ले हराएको छ। रियलका लागि फेडेरिका भालभर्डे र मार्को असेन्सियोले गोल गरेका थिए।

यता मक्काबी हइफलाई भने उसकै मैदानमा पिएसजीले ३–१ गोलअन्तरले हराएको छ। लियोनेल मेस्सी, केलियन एम्बाप्पे र नेयमारले समान एकएक गोल गरेपछि पिएसजीले जित निकालेको हो।

च्याम्पियन्स लिगको पहिलो खेलमा हार बेहोरेको चेल्सीले भने दोस्रो खेलमा आरबी लाइप्जिकसँग १–१ को बराबरी खेलेको छ। रहिम स्टार्लिङले दोस्रो हाफको ४८औं मिनेटमा बनाएको अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा रोकिनु परेको हो।

kumari

यो बराबरीसँगै एक अंक जोडेको चेल्सी समूह ई को चौथो अर्थात् पुछारमा रहेको छ। गएराति जित निकालेको एसी मिलान भने चार अंककासाथ शीर्षस्थानमा रहेको छ।

लगातार दुई जित निकालेपछि ६ अंक जोडेको रियल मड्रिड भने समूह एफको शीर्षस्थानमा रहँदा लाइज्पिक पुछारमा छ। डर्टमन्डलाई हराउँदै सिटी समूह जीको शीर्षस्थानमै कायम छ भने डर्टमन्ड दोस्रो स्थानमा छ।

समूह एचमा पिएसजी र बेनफिकाले समान ६-६ अंक जोडेका छन्। धेरै गोल गरेका आधारमा पिएसजी अघि रहेको छ। बेनफिकाले अघिल्लो खेलमा हइफा र गएराति युभेन्टसलाई हराएको थियो। युभेन्टसले दुवै खेलमा हार बेहोरेपछि उसले अंक जोड्न सकेको छैन।

प्रकाशित: Sep 15, 2022| 09:32 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।