आइतबार, मंसिर ७, २०८२

उसुका सर्वोत्कृष्ट खेलाडी बने जुनी र दीपक

नेपाल उसु महासंघद्वारा बुधबार आयोजित प्रथम उसु अवार्डमा जुनी महिलातर्फ र दीपक पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं- नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता जुनी राई र दीपक हमाल उसुका सर्वोत्कृष्ट खेलाडी बनेका छन्।

National life

नेपाल उसु महासंघद्वारा बुधबार आयोजित प्रथम उसु अवार्डमा जुनी महिलातर्फ र दीपक पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्। उनीहरुलाई नगद २५ हजार प्रदान गरिएको थियो।

यसैगरी प्रकाशबहादुर लामा थाउलो र गणेश अर्याल सान्सौका उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए। उनीहरुले पनि नगद २५ हजार पुरस्कार पाए। कार्यक्रममा नेपालमा उसुका संस्थापक प्रनिलध्वज कार्कीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो।

कार्यक्रममा १३औं सागका स्वर्ण पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरिएको थियो। स्वर्ण विजेता जुनी राई, दीपक हमाल, विजय सिंजाली, सुस्मिता तामाङ र निमा घर्तीमगरलाई नगद १० हजारसहित सम्मानित भए। यसैगरी सागका विभिन्न संस्करणका स्वर्ण विजेतासँगै १३औं सागका रजत र कांस्य पदक विजेता खेलाडीलाई पनि सम्मान गरियो। यस्तै १३औं सागमा सहभागी प्रशिक्षकलाई पनि सम्मान गरिएको आयोजकले बताएको छ।

कार्यक्रममा साताव्यापी डिप्लोमा कोर्स र जर्ज सेमिनारमा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो। डिप्लोमा कोर्समा महिलातर्फ कैलालीकी पुष्पा कुँवर र पुरुषतर्फ नुवाकोटका राजीव तामाङ उत्कृष्ट घोषित भए।

Laxmi sunrise bank
kumari

यस्तै जर्ज सेमिनारमा नुवाकोटकी मीना ग्लान र मोरङका अजय बुढाथोकी उत्कृष्ट बनेका थिए। अवार्ड कार्यक्रममै डिप्लोमा कोर्स र जर्ज सेमिनारमा सहयोग पुर्‍याउने निर्णायकसँगै स्वयंमसेवक प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो।

प्रकाशित: Sep 15, 2022| 08:57 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।