निर्वाचन आयोगले प्यूठान जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका सूर्य बहादुर थापा क्षेत्रीलाई स्पष्टीकरण सोधेको छ। निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले आयोगले...
कृतिबाट उठेको रकम असहाय तथा बेसहाराको उद्धारका साथै खाना, नाना र छानाको प्रबन्ध गरी परिवार खोजेर पुनःमिलन गराउँदै आएको मानवसेवा आश्रमलाई दिने उनको घोषणा छ।
रुपन्देहीको निर्वाचन क्षेत्र न. ३ मा गृहमन्त्री बालकृष्ण खाणसहितको गठबन्धनले राष्ट्रिय र दीर्घकालीन महत्वका योजना अगाडि सार्दै संकल्प पत्र सार्वजनिक गरेको छ।
सत्ता गठबन्धनले आसन्न निर्वाचन लक्षित गरेर कञ्चनपुर क्षेत्र नम्बर २ मा एकसाथ वडा भेलाहरु गरेको छ। सत्ता गठबन्धनले आइतबार बिहान क्षेत्र नम्बर २ का ३० मध्ये २९ वडामा एक साथ...
भारतीय पक्षले सडक निर्माणका क्रममा भएको विस्फोटमा दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ।
प्रदेश सभातर्फ प्रत्यक्षका १ करोड १७ लाख ८२ हजार ५ सय मतपत्र छापिएको आयोजले जानकारी दिएको हो। हालसम्म कूल २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छापिएका छन्।
सरकारले कोभिड बीमा बापतको दावी भुक्तानी तिर्नुपर्ने १० अर्बमध्ये एक अर्ब रुपैयाँ भदौमा निकासा गरेको थियो। सोही रकम वितरण अर्थले अझै अनुमति भने दिएको छैन।
गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिमको बाजुराको निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको जानकारी आयोगले दिएको हो।
प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले श्वेतपत्र जारी गरेका छन्। मुख्यमन्त्री रहँदा जिल्लाको विकासमा गरेका काम समेटेर उनले श्वेतपत्र जारी गरेका हुन्।