शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निलम्बनमा रहेका चोलेन्द्रलाई प्रधानन्यायाधीशकै हैसियतमा राष्ट्रपतिले शितलनिवास बोलाइन्

निलम्बनमा रहेका चोलेन्द्रलाई प्रधानन्यायाधीशकै हैसियतमा राष्ट्रपतिले शितलनिवास बोलाइन्

राष्ट्रपति विद्यादेवी भण्डारीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रधानन्यायाधीशकै हैसियतमा शितल निवासमा निम्तो पठाएकी छन्। २०७८ फागुन १ गते महाअभियोग दर्ता भएपछि चोलेन्द्र निलम्बनमा परेका हुन्।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रधानन्यायाधीशकै हैसियतमा शितल निवासमा निम्तो पठाएकी छन्। २०७८ फागुन १ गते महाअभियोग दर्ता भएपछि चोलेन्द्र निलम्बनमा परेका हुन्। 

National life

उनी निलम्बनमा परेपछि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की छन्। महाअभियोग सिफारिस समितिले चोलेन्द्रलाई महाअभियोग लगाउन सिफारिससहितको प्रतिवेदन शनिबार राति सभामुख अग्‍निप्रसाद सापकोटालाई बुझाएको हो। तर, नेकपा एमालेले भने चोलेन्द्रको बचाउ गर्दै समितिको प्रतिवेदनमा फरक मत राखेको थियो। 

समितिले प्रतिवेदन बुझाएसँगै चोलेन्द्रले आइतबरा सर्वोच्च अदालत आएर कार्यभार सम्हाल्‍ने योजना बनाएका थिए। तर, संविधानको धारा १०१ को उपधारा (६) र प्रतिनिधि सभा नियमावली, २०७६ को नियम १६१ को उपनियम (९) बमोजिम महाअभियोगको कारबाही अन्तिम टुंगो नलागेसम्म आफ्नो पदमा कार्यसम्पादन गर्न नपाउने प्रावधान छ। 

सोही प्रावधान अनुसार सरकारले चोलेन्द्रलाई सर्वोच्चमा आएर कार्यभार सम्हाल्न रोक लगाएको हो। चोलेन्द्रले भने आफूलाई नजरबन्दमा राखेको दाबी गरिरहेका छन्। यही रस्साकस्सीबीच राष्ट्रपति भण्डारीले आइतबार चोलेन्द्रलाई प्रधानन्यायाधीशकै हैसियतमा शितल निवास बोलाएकी हुन्। 

राष्ट्रपति भण्डारीले भने संविधान दिवसका अवसरमा सोमबार शीतल निवासस्थित राष्ट्रपति भवनमा आयोजना हुने कार्यक्रममा राणालाई प्रधान न्यायाधीशका हैसियतमा निम्ता गरेकी हुन्। सरकारले भने राणाका सबै सरकारी गाडीका सुविधासहित सेनालगायत सुरक्षाकर्मी फिर्ता लगिसकेको छ।

प्रकाशित: Sep 18, 2022| 21:29 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।