शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चोलेन्द्रको वैयक्तिक स्वतन्त्रता, आवतजावत र गोपनीयताको सम्मान गर्न मानव अधिकार आयोगको आग्रह

चोलेन्द्रको वैयक्तिक स्वतन्त्रता, आवतजावत र गोपनीयताको सम्मान गर्न मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोगको प्रकरणपश्चात सर्वोच्च अदालतमा देखिएको गतिरोधको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोगको प्रकरणपश्चात सर्वोच्च अदालतमा देखिएको गतिरोधको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

National life

आयोगले निलम्बित प्रधानन्यायीश जबरामाथिको अवरोध हटाउन सरकारसँग आग्रह गरेको हो। प्रधानन्यायाधीशको निवास बालुवाटारको अनुगमनपछि एक विज्ञप्ति जारी गरेर आयोगले संविधानप्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको सम्मान गर्न आग्रह गरेको हो।

'जुनसुकै व्यक्तिको पनि संविधान प्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको सम्मान गर्नुपर्ने राज्यको दायित्व हुन आउँछ। यसप्रकारका अधिकारहरूमा कुनै पनि बहानामा अवरोध पुग्‍नु हुँदैन भन्‍नेमा आयोग दृढ छ। अत: संविधान र कानुनमै टेकेर यस प्रकारको गतिरोध अन्त्य गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ,' आयोगको विज्ञप्तिमा भनिएको छ। 

आयोगले जबराको निवासमा आवतजावत गर्ने व्यक्तिको निगरानी, आवासबाट बाहिर निस्कने सवारी साधन जाँचमा कडाइ गरिएको र राणाको सवारी स्कर्टिङ टोलीसमेत हटाइएको पाइएको जनाएको छ ।

'आयोग टोलीले त्यहाँ सुरक्षार्थ खटिएका सुरक्षाकर्मीसँग बुझ्दा माथिको आदेशबाट बाहिर निस्कन रोकावट गरे भन्ने जानकारी टोलीलाई प्राप्त भएको छ,' आयोगले विज्ञप्तिमा भनेको छ। 

प्रकाशित: Sep 18, 2022| 19:08 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।