बुधबार, वैशाख २६, २०८१

भुवनविरुद्ध किन धावा बोले प्रदीप?

प्रदीपले प्रेमगीत –३ सक्न खोजेको आरोप लगाउँदै पत्रकार सम्मेलनमा भने, ‘उहाँ (भुवन केसी) ले राजीनामा दिँदा इज्जत बढ्छ।’
 |  आइतबार, असोज २, २०७९

राज सरगम

राज सरगम

आइतबार, असोज २, २०७९

काठमाडौं- अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा मागेसँगै फिल्मवृत्त गर्माएको छ। रात्री शो बन्द गराउने बोर्डको निर्णयप्रति आपत्ति जनाउँदै केसीको राजीनामा मागेका खड्काको आक्रोश प्रेमगीत-३ को प्रदर्शन मिति नजिकिएसँगै बढेको हो।  

triton college

चलचित्र विकास बोर्डको यो निर्णय असोज ७ गतेदेखि विश्वभर रिलिज हुन लागेको ‘प्रेमगीत–३’ प्रति लक्षित भएको खड्काको आरोप छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा अभिनेता खड्का चलचित्र विकास बोर्ड र निर्माता संघप्रति आक्रामक सुनिए। 

उनले केसीको शैक्षिक स्तरमाथि पनि प्रश्न उठाए, ‘विगतमा भुवन केसी अनुभवी व्यक्तिजस्तो लाग्थ्यो। र पढाईभन्दा अनुभवले धेरै काम गर्न सकिन्छ तर यसको ठिक उल्टो देखियो।’ 

प्रदीपले यत्तिसम्म नबोलेको भए हुन्थ्यो किनकि शैक्षिक प्रमाणपत्रकै कारण केसीको नियुक्ति खारेजको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ, जुन अझै सुनुवाइ हुन सकेको छैन। 

चलचित्र निर्माता निर्देशक नरेश कुमार पौड्यालसहित पाँच जना अध्यक्षका दावेदारले गत साउन ३० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र भुवन केसीलाई विपक्षी बनाई रिट दायर गरेका थिए, जहाँ भुवन केसीको शैक्षिक योग्यतामाथि उनीहरुले प्रश्न उठाएका थिए। 

corrent noodles
Metro Mart

प्रदीपले प्रेमगीत –३ सक्न खोजेको आरोप लगाउँदै पत्रकार सम्मेलनमा भने, ‘उहाँ (भुवन केसी) ले राजीनामा दिँदा इज्जत बढ्छ।’

खड्काले निर्माता संघलाई समेत चेतावनी दिँदै समानान्तर निर्माता संघ खोल्न सक्नेसमेत भन्‍न भ्याए। तर कतिपय जानकारहरू भने प्रदीप आक्रोशित हुनुको कारण रात्रि शो नभएर अरू नै रहेको बताउँछन्। 

प्रदीपले देखेको नेपोटिज्म्

४० वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा एकछत्र छाइरहेको केसीको अभिनय कौशल लोभलाग्दो छ। उनकै अभिनय यात्रालाई पछ्याउँदै स्टार बने छोरा अनमोल केसी। भुवनकै होम प्रोडक्शनमा बनेको चलचित्र ‘साथी म तिम्रो’मा एक गीतबाट उदाएका अनमोल ‘होस्टेल’बाट नेपाली चलचित्रमा प्रवेश गरेका थिए। 

‘बेस्ट एक्टर’, ‘बेस्ट फिल्म मेकर’ मात्रै होइनन्, बेस्ट सेन्स पनि लगाउन सक्ने भुवन अवसरलाई सही सदुपयोग गर्न माहिर छन्। सिनेमामा जस्तै राजनीतिलाई पनि उनले ‘क्याच’ गरे। 

भुवनले २०७० मा औपचारिक रूपमा आफ्नो राजनीतिक यत्रा सुरु गरेका थिए। त्यसअघि कुनै पार्टीतर्फ औपचारिक रूपमा नखुलेका उनले २०७० को संविधानसभा चुनावको बेलामा एमाले प्रवेश गरे। उम्मेदवार बन्‍न उनले टिकट पाए तर एमालेभित्रैबाट विरोध भएपछि उनको नाम फिर्ता लिइएको थियो।


 

बीचमा केही समय केसी राप्रपा निकट भएको चर्चा चल्यो तर औपचारिक पुष्टि भएन। स्वागत नेपाल नेतृत्वको उन्‍‍नत लोकतन्त्र पार्टीबाट मेयर बन्ने हल्ला पनि चल्यो। तर, त्यो हल्ला निराधार भएको केसीले सामाजिक सञ्‍जालबाट लामो स्टेटस लेखे।

एकातिर बोर्डको कार्यकर्तव्य छ भने अर्कोतिर छोरो (अनमोल)को करियर पनि उकास्‍नु छ। अझ बोर्ड अध्यक्षको नाताले अनमोलको स्टारडम बचाउन केसीले पदको सही सदुपयोग नगर्लान् भन्न पनि सकिन्न।

केसी जब कांग्रेसमा प्रवेश गरे तब उनको राजनीतिक करियर नै फेरियो। भुवन चलचित्र विकास बोर्ड अध्यक्ष भएसँगै अनेक प्रतिबद्धता दिएका छन्। हिन्दी चलचित्रलाई भन्दा नेपाली चलचित्रलाई ६० प्रतिशत शो समय दिने बताए।  

एकातिर बोर्डको कार्यकर्तव्य छ भने अर्कोतिर छोरो (अनमोल)को करियर पनि उकास्‍नु छ। अझ बोर्डको अध्यक्षको नाताले अनमोलको स्टारडम बचाउन केसीले पदको सही सदुपयोग नगर्लान् भन्न पनि सकिन्न।

किनकी बोर्डको अध्यक्ष बन्न भवनले छोरोको करियरलाई नै दाउमा लगाएको समेत समाचार बाहिरिएको थियो। पार्टी निकट केही फिल्म मेकरले भुवनको सहयोगमा अनमोललाई आफ्नो चलचत्रिमा अनुबन्धित गराए। अनमोल पनि  आफ्नो बुबा (भुवन केसी)को बचन काट्दैनन्। 

ड्रिम्स र जेरीले अनमोललाई स्टार बनाएको थियो। तर, गाजलु, कृ र क्याप्टेनले बक्स अफिसमा खासै कमाल गर्न सकेन। त्यसपछि भुवनले आफ्नै संरक्षणमा चलचिलका स्क्रीप्ट छनोटमा सघाए। अहिले अनमोल छड्के–२ को छायांकनमा व्यस्त छन्।

भु्वनले राजनीति यात्रा र अनमोलको स्टारडमलाई एकसाथ निरन्तरता दिन खोजेको छनक महसुस गरेर प्रदीपलाई लाग्न सक्छ- नेपोटिजमको प्रभाव।

प्रदीप आफ्नै अभिनय कौशलले स्थापित भएका अभिनेता हुन्। उनी चकलेटीसँगै राम्रो अभिनय गर्ने नायक हुन भन्‍ने प्रमाण चलचित्र प्रकाशले दिइसक्यो। तर, कमजोर अभिनयका कारण पनि अनमोल स्टार भए। कमजोर अभिनयका बाबजुद पनि निरन्तर चलचित्र पाइरहनु नपोटिज्मको प्रभाव नहोला भन्न सकिन्‍न।

प्रदीपले नेपोटिज्मको राजनीति भयो भन्‍न नसकेर भुवनको राजीनामा मागेको हुन सक्छ। किनकी प्रदीप अभिनित प्रकाश प्रदर्शनमा भुवनले सकारात्मक भूमिका नखेलेको आरोप प्रकाशको टिमको थियो। 

भुवनले पछ्याएको नीतिनियम :

प्रदीप अभिनित चलचित्र ‘प्रकाश’ र ‘द सिक्रेट अफ राधा’ र दक्षिण भारतीय फिल्म ‘लाइगर’ (हिन्दी भर्सन) भदौ १० गते प्रदर्शनमा आयो। तर, लाइगरका कारण राधा र प्रकाशको प्रदर्शन मिति पछाडि सार्न हलवालाले विकास बोर्डका अध्यक्ष केसीलाई दबाब दिएका थिए। केसीले पनि प्रकाश र राधाको टिमसँग अनुरोध गरेका थिए। तर, प्रचारप्रसार तीव्र पारेका कारण अन्तिम समयमा १० भदौमा नै सिनेमा प्रदर्शन गरे। 

प्रकाशलाई सोचेको जस्तो शो टाइम नपाउनुमा विकास बोर्डकै कमजोरी औंलाएका थिए प्रदीपले, तर ‘माउथ पब्लिसिटी’का कारण शो टाइम थपिँदै गयो प्रकाशको। तब प्रकाशका नायक प्रदीपलाई आफ्नै कारण प्रकाश चलेको भन्‍ने लाग्यो। 


 

अहिले आएर चलचित्र प्रेमगीत-३ नेपाली र हिन्दी भर्सन एकसाथ विश्वभर प्रदर्शन हुँदैछ। र प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा पनि रात्रिकालिन समयमा प्रदर्शन हुन पाउनुपर्छ भन्‍ने आवाज उठाइरहेका छन्, प्रदीप। 

दाहालकै पालामा ११ बजेपछि शो चलाउन नपाइने निर्णय भएको थियो। भुवनले अघिल्ला अध्यक्ष दाहालकै निर्णयलाई कार्यान्वयन गर्न खोजेका हुन्। शो मात्र होइन १५ दिनभित्र हल नवीकरण गर्नुपर्ने र कर दाखिला गर्नुपर्ने निर्णयलाई पनि उनले अघि बढाएका छन्।

प्रदीपले यस्तो आवाज उठाउनुको कारण हो केही महिना अगाडि चलेको दक्षिण भारतीय फिल्म (हिन्दीमा डब) केजिएफ-२। ‘केजीएफ–२’ ल्याएर नेपाली चलचित्र वितरक र हल सञ्‍चालकले जिल्ला प्रशासन कार्यलय र चलचित्र विकास बोर्डलाई जानकारी नगराई राति १ बजेनै शो राखे। राति १ बजे फिल्म चलाएको भन्दै रातको १ बजे हल चलाउने एफक्युब हललाई स्पष्टिकरण पनि सोध्यो। र राजश्व कार्यलयलाई पनि पत्र काट्यो। राति १ बजे केजीएफ–२ चलायो भन्दै निवर्तमान अध्यक्ष दयाराम दाहालले हलविरुद्ध 'एक्सन' पनि लिएका थिए। र, अहिले केसीले यसलाई कडिकडाईका साथ लागू भने गरेको भान हुन्छ।

तर, दाहालकै पालामा ११ बजेपछि शो चलाउन नपाइने निर्णय भएको थियो। भुवनले अघिल्ला अध्यक्ष दाहालकै निर्णयलाई कार्यान्वयन गर्न खोजेका हुन्। शो मात्र होइन १५ दिनभित्र हल नवीकरण गर्नुपर्ने र कर दाखिला गर्नुपर्ने निर्णयलाई पनि उनले अघि बढाएका छन्।

केही दिन अगाडि मात्र चलचित्र विकास बोर्डले एक दैनिक पत्रिकामा एक सूचना जारी गर्दै रातको ११ बजेपछि फिल्म चलाउनु परेको खण्डमा इजाजत लिनुपर्ने थियो। 

चलचित्र विकास बोर्डले रिलिजको एक साताअघि नै चलचित्र जाँचपासको लागि निवेदन दिनुपर्ने र बिहान ६ बजेदेखि राति ११ बजेसम्म मात्र फिल्म देखाउन पाउने गरी शो निर्धारण गनुपर्ने नियम बनाएको छ। 

हलवालाको गुनासो अनुसार बेलुका ८ बजेपछि नै हलमा शो राख्‍न नपाउने छ। एक सिनेमा हलका प्रबन्धक भन्छन्, ‘बोर्डको दबाबकै कारण यतिबेला बेलुका ७:३० बजेपछि हलहरुले शो राख्‍न छाडिसकेका छन्।’ 

तर, प्रदीप आफ्नो फिल्मलाई नै लक्षित गरेको भन्दै आरोप लगाएका छन्। यत्ति आरोपकै कारण प्रदीपले भुवनसँग धावा बोलेको भने होइनन्। विकास बोर्डले हिन्दी भाषामा डब भएको फिल्म ‘प्रेमगीत-३’को सेन्सरमा समेत लफडा निकालेको आरोप निर्माण टिमको छ। 

निर्माता तथा निर्देशक सन्तोष सेनले आफूलाई चलचित्र विकास बोर्डको नियतले नरमाइलो लागेको बताए। ‘मेरो उद्देश्य नेपाली फिल्मलाई विश्वभर लैजानु हो’ उनले भने, ‘तर, प्रेमगीत ३ लाई पेल्ने उद्देश्यले अघि सारिएका बोर्डका निर्णयमा खोट देखिन्छ।’

सन्तोषको साथ समेत पाएका प्रदीप यतिखेर दुवै हातमा लड्डु खोजिरहेका छन्। प्रेमगीत–३ को नेपाली भाषा र हिन्दी एक साथ नेपालमा चलाउन चाहन्छन् उनी। तर, अन्तर्राष्ट्रिय बजारलाई ध्यानमा राखेर हिन्दीमा डब गरिएको चलचित्र सोही मितिमा नेपालमा लगाउन खासै आवश्यक छैन भन्छन् केही वितरकहरू। 

नेपाली दर्शकलाई नेपाली भाषाकै चलचित्र काफी छ। किनकी मूल भाषाबाट अर्को भाषामा डब गरेर ल्याएका चलचित्र पक्कै कमजोर हुन्छन्। चलचित्र भिडियो माध्यम भएकाले दर्शकले स्वीकार्छन् भन्ने होला तर प्रदीप प्रेमगीत –३ लाई सक्ने मनाशयले रात्रिकालिन शो हटाएको आरोपलाई रटान लगाइरहेका छन्। उनी भन्छन्, ‘मदिरा पिलाउँदै चल्ने रात्रीक्लबहरु बिहान ४ बजेसम्म चलाउन मिल्ने तर कफी र पपर्कनसहित सपरिवार हेर्न मिल्ने फिल्म हललाई ११ बजेभित्रै बन्द गर्नुपर्ने निर्णय अन्यायपूर्ण हो।

आफू अभिनित प्रेमगीत–३ को हिन्दी भर्सनले रात्रिकालिन हल नपाउँदा विकास बोर्डका अध्यक्षमाथि खनिएका प्रदीपले भदौ २४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा’ले शो टाइम नपाउँदा कतै बोलेनन्। बलिउड फिल्म ‘ब्रह्मास्त्र’ सेन्सर ढिला भएको कारण हल सञ्चालकले नेपाली चलचित्रको शो टाइम नै रोकेका थिए। सिंगो फिल्मवृत्त तात्तिँदै गर्दा अभिनेता प्रदीप कतै केही बोलेनन्। 

विदेशी फिल्मलाई भन्दा स्वदेशी फिल्मलाई कम प्राथमिकता दिने चलनैजस्तो भएको बेला प्रदीपले आफ्नो चलचित्रमा मात्रै नभएर सबै नेपाली भाषी चलचित्रको पक्षमा बोल्नुपर्छ। 

प्रेमगीत–३ की डेब्यु अभिनेत्री क्रिस्टिना गुरुङले राजनीति भएको भन्दै खुट्टा तान्‍ने काम बन्द हुनुपर्ने बताइन्। साँच्चै क्रिस्टिनाले भनेको राजनीति शब्द सापटी लिएर भन्‍ने हो भने भुवन राजनीतिक नियुक्तिबाटै विकास बोर्डका अध्यक्ष भएका हुन् र उनले राज्यको नीतिनियम थप 'कडिकडाउ' गर्न सक्छन्। यस्तो बेला प्रदीपजस्ता धेरै कलाकारलाई लाग्न सक्छ- नेपोटिज्म्।

प्रकाशित: Sep 18, 2022| 18:52 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।