बुधबार, असार ३, २०८३

तयारी पोसाकको निर्यात बढाइने

नेपाल तयारी पोसाक उद्योग सङ्घका नवनिर्वाचित पदाधिकारीहरुलाई जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै तयारी पोसाक एवं गार्मेन्टबाट उत्पादित कपडाको अन्तर्राष्ट्रिय बजारीकरण एवं ब्रान्डिङका लागि चेम्बरले सहयोग गर्ने बताएको हो।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

काठमाडौं- नेपाल चेम्बर अफ कमर्शले तयारी पोसाकको निर्यात बढाउन उद्योगी व्यवसायीलाई सहयोग गर्ने भएको छ। नेपाल तयारी पोसाक उद्योग सङ्घका नवनिर्वाचित पदाधिकारीहरुलाई जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै तयारी पोसाक एवं गार्मेन्टबाट उत्पादित कपडाको अन्तर्राष्ट्रिय बजारीकरण एवं ब्रान्डिङका लागि चेम्बरले सहयोग गर्ने बताएको हो।

National life

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि निर्यात प्रवद्र्धन एक मात्रै विकल्प भएको बताए। 'विदेशमा रहेका नेपाली दूतावास र चेम्बरका अन्तर्राष्ट्रिय शाखामार्फत तयारी पोसाक निर्यात बढाउन चेम्बरले सहयोग गर्छ,' उनले भने।

चेम्बरले गर्ने अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपाली उद्योगी व्यवसायीका उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने उनको भनाइ थियो। अध्यक्ष मल्लले ९० को दशकमै नेपालबाट वार्षिक रु ११ अर्ब बराबरको तयारी पोसाक निर्यात हुने गरेको भन्दै अहिले मुस्किलले सात अर्बको निर्यात हुनु दुर्भाग्य भएको बताए। 

नेपालका तयारी पोसाकको निर्यात प्रवद्र्धनका लागि व्यापार तथा निकासी केन्द्र र सरोकारवाला अन्य सरकारी निकायसँग सहकार्य गरिने उनको भनाइ थियो। तयारी पोसाक उत्पादन गर्न साना उद्यमीलाई प्रोत्साहन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए।

नेपाल तयारी उद्योग पोसाक सङ्घका नवनिर्वाचित अध्यक्ष पशुपतिदेव पाण्डेले सगरमाथाको देश भनेर गर्व भए पनि सगरमाथामा चढ्दा लगाउने कपडा मुलुकभित्रै उत्पादन हुन नसक्नु दुर्भाग्य भएको बताए। चालु आर्थिक वर्षमा निर्यात रु १० अर्ब पुर्‍याउने लक्ष्य आफूहरुले लिएको अध्यक्ष पाण्डेको भनाइ छ।

Shivam cement

नेपालमै उत्पादित वस्तु पछिल्लो समय गुणस्तरीय बन्दै गएको भए पनि यसबारे आम उपभोक्तालाई सचेतना जगाउन नसकिएको अध्यक्ष पाण्डेले बताए। 

प्रकाशित: Sep 18, 2022| 21:40 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्