शुक्रबार, कात्तिक २८, २०८२

भक्तपुर नगरपालिकाका १२० विद्यार्थीलाई ६१ लाखको छात्रवृत्ति

भक्तपुर नगरपालिकाले एक सय २० जना विद्यार्थीलाई करिब रु ६१ लाख बराबरको छात्रवृत्ति उपलब्ध गराएको छ। उपप्रमुख रजनी जोशीले छनोट भएका विद्यार्थीलाई छात्रवृत्ति उलब्ध गराएको बताए।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

भक्तपुर- भक्तपुर नगरपालिकाले एक सय २० जना विद्यार्थीलाई करिब रु ६१ लाख बराबरको छात्रवृत्ति उपलब्ध गराएको छ। उपप्रमुख रजनी जोशीले छनोट भएका विद्यार्थीलाई छात्रवृत्ति उलब्ध गराएको बताए।

National life

यस वर्ष भक्तपुर नगरपालिकाले व्यवस्थापनमा ६३, विज्ञानमा ३८, मानविकीमा नौ र शिक्षा विषयमा ६ जना गरी एक सय २० जनालाई छात्रवृत्ति प्रदान गरेको हो। छात्रवृत्ति पाउने विद्यार्थीहरु ख्वप मावि, बागिश्वरी मावि, वासु मावि र आदर्श आजाद कलेजका छन्।

संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि २०७४ को प्रावधानअनुसार छात्रवृत्ति छनोट समितिको निर्णय, योग्यताक्रम र प्राथमिकताका आधारमा छनोट भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको नगरप्रमुख सुनील प्रजापतिले बताए। विद्यार्थीले आफ्नो क्षमताअनुसारको विषय रोजेर उच्च शिक्षा हासिल गर्नु उचित हुने सुझाव दिँदैँ उहाँले अध्ययनशील र मेहनती विद्यार्थीहरुको हरेक क्षेत्रमा विशेष महत्व रहने बताए। 

ख्वप कलेजलाई हालै बिएएलएलबी अध्ययन अध्यापनका लागि स्वीकृति प्राप्त भइसकेको जानकारी दिँदै उहाँले शिक्षाकै कारण विकसित देशहरु आर्थिक, सामाजिक र राजनैतिक रुपमा अगाडि बढिरहेको बताए।

उपप्रमुख जोशीले शिक्षा विनाको जीवन अर्थपूर्ण नहुने बताउँदै नगरपालिकाले कक्षा ११ र १२ मा बाहेक नेपालभाषा, भूगोल, राजनीतिशास्त्र, इतिहास र संस्कृति विषय लिएर अध्ययन गरेका विद्यार्थीलाई पनि छात्रवृत्ति वितरण गरिरहेको अवगत गराए। उनले नगरपालिकाले प्रदान गरिरहेको शैक्षिक ऋणबाट पनि धेरै विद्यार्थीलाई उच्च शिक्षा प्राप्त गर्न मद्दत पुर्‍याइरहेको बताए। 

Laxmi sunrise bank
kumari

वडा नं ७ का वडाध्यक्ष उकेश कवांले सन्तोष अध्ययनको शत्रु भएको चर्चा गर्दै गम्भीर र मेहनत गरी आज अध्ययन गरे भोलिको भविष्य उज्यालो हुने बताउनुभयो। उहाँले नगरपालिकाबाट सञ्चालित सातवटा शैक्षिक संस्थामा हाल सात हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिए। 

प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले छात्रवृत्तिबाट अध्ययन गरेका विद्यार्थी देश र समाजप्रति अझ प्रतिबद्ध भएर काम गर्नुपर्ने बताए। कार्यक्रममा आदर्श आजादका प्रधानाध्यापक श्रीकृष्ण किसी, वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ र नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यलगायतले शिक्षाको महत्व प्रकाश पारेका थिए। 

प्रकाशित: Sep 18, 2022| 22:20 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।