प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालतकै १५ जना न्यायाधीश इजलास छोडेर आन्दोलनमा लागेपछि सर्वोच्च अदालत प्रवेशमा कडाइ गरिएको छ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खोटाङले ठेक्का लिएर आयोजनाको कामलाई वर्षौंसम्म अलपत्र पार्ने ठेकेदारको सूची तयार पारेर जनकारबाही गर्ने चेतावनी दिएको छ।
यतिखेर अलैंची कृषकहरू घरमा भेटिन छाडेका छन्। अलैंची टिपेर भित्र्याउनका लागि किसानहरू बगानमै बस्न थालेपछि गाउँघर सुनसान जस्तै बनेका छन्। उता अलैंची बगानमा भने मानिसहरूको भिडभाड देखिन्छ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानी गाउँको शिरानमा रहेको तामाखानी उत्खनन्को पर्खाईमा छ। रुमले भिरमा अवस्थित उक्त तामाखानी १९७१ सालअघि सञ्चालनमा आएपनि त्यसपछि भने बन्द भएको थियो।