बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्यायाधीशहरू आन्दोलनमा, प्रधानन्यायाधीश धमाधम आदेश दिँदै

न्यायाधीशहरू आन्दोलनमा, प्रधानन्यायाधीश धमाधम आदेश दिँदै

सहकर्मी न्यायाधीशहरूको आन्दोलन सामना गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबारबाट एक्लैले मुद्दाको सुनुवाई थालेका छन्।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

काठमाडौं- सहकर्मी न्यायाधीशहरूको आन्दोलन सामना गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबारबाट एक्लैले मुद्दाको सुनुवाई थालेका छन्। 

जबराको बर्हिगमन माग्दै सर्वोच्च अदालतका १५ जना न्यायाधीश इजलास बहिष्कार गरेर थप रणनीतिका लागि छलफलमा बसेपछि उनले बन्दीप्रत्यक्षीकरणसहितका मुद्दा राखेर आफ्नो एकल इजलासमा मुद्दाको सुनुवाई थालेका छन्। 

दुई दिनसम्म पेसी तोके पनि आफ्नो इजलास नतोकेका जबराले राजीनामा नदिने भन्दै आजबाट इजलासमा मुद्दा आफूलाई समेत तोकेका छन्। 

असन्तुष्ट १५ जना न्यायाधीशहरू भने जबराको बर्हिगमन किन भन्ने विषयमा साझा लिखित धारणा तय गर्न तीन दिनयता छलफलमै छन्। 

सर्वोच्च अदालत एनेक्स भवनमा उनीहरू रणनीति बनाइरहेका छन्। तर, जबराले भने इजलासमा सुनुवाई थालेका हुन्। सुनुवाई थाले पनि बहसका लागि कानुनव्यवसायीहरू भने इजलासमा पुगिसकेका छैनन्। 

एक जना कानुनव्यवसायी इजलासमा पुगे पनि प्रधानन्यायाधीश जबराले पाँचवटा निवेदनमा आदेश दिइसकेका छन्।

- न्युज कारखाना

प्रकाशित: Oct 27, 2021| 12:46 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।