बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनगढी प्रहरी हत्या प्रकरण : अभियुक्त नौ जनालाई जन्मकैदको फैसला

धनगढी प्रहरी हत्या प्रकरण : अभियुक्त नौ जनालाई जन्मकैदको फैसला

धनगढीमा दुई प्रहरीको हत्या अभियोग लागेका नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

धनगढी- धनगढीमा दुई प्रहरीको हत्या अभियोग लागेका नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ। 

प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्या अभियोग लागेका नौ जनालाई जन्मकैदको फैसला सुनाइएको हो।

जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरूको इजलासले नौ जनालाई जन्मकैदको फैसला सुनाएको हो। 

धनगढी उपमहानगरपालिका वडा नम्बर १० का २३ वर्षीय पर्कु भनिने रोहित राना, अर्का रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना, वडा नम्बर ११ का २५ वर्षीय गोपाल भनिने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाइएको कैलालीका सहायक न्यायधिवत्ता सुरबहादुर परियारले बताए। राजीव गुप्ताले भने सफाई पाएको उनले बताए। 

अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको थियो। उनीहरूले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेका थिए।

घटना यस्तो थियो

गत वर्ष कात्तिक १ गते राति साढे १० बजे अस्थायी प्रहरी पोस्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या भएको थियो। 

नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्जसमेत रहेका बिक र प्रहरी जवान बेपत्ता भएका थिए। उनीहरूलाई राति १० बजे सम्पर्क गर्दा फोन नलागेपछि बिहानसम्म प्रतीक्षा गर्दासमेत नआएपछि खोजी कार्य अगाडि बढाइएको थियो। 

खोजी गर्ने क्रममा प्रहरी सहायक निरीक्षक बिकको शव आइतबार बिहान धनगढी उपमहानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमा स्थित मोहना नदीमा भेटिएको थियो। 

घाँटीमा धारिलो हतियार प्रहार गरी बीभत्स हत्या गरेको अवस्थामा बिकको शव भेटिएकै मोहना नदी क्षेत्रमा मंगलबार प्रहरी जवान साउदको शव पनि फेला परेको थियो। बिकको शव भेटिएको स्थानदेखि दुई सय मिटर तल मोहना नदीमा गाडिएको अवस्थामा साउदको शव भेटिएको थियो।

प्रकाशित: Oct 27, 2021| 06:49 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।