बिहीबार, भदौ ४, २०८३

मलेसियामा विदेशी श्रमिकमाथिको प्रतिबन्ध हट्यो

मलेसियाले झण्डै १६ महिनापछि कोरोना महामारीका कारण विदेशी श्रमिकको आवागमनमा लगाएको प्रतिबन्ध हटाउने भएको छ।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

काठमाडौं- मलेसियाले झण्डै १६ महिनापछि कोरोना महामारीका कारण विदेशी श्रमिकको आवागमनमा लगाएको प्रतिबन्ध हटाउने भएको छ।

मलेसियाका प्रधानमन्त्रीले स्माइल साबरी याकोबले विदेशी श्रमिक र मलेसियाका केही स्थान विदेशी पर्यटकका लागि खुला गर्ने बताएको खबर रोयर्टस्ले लेखेको छ।

विशेष सावधानी अपनाएर विदेशी श्रमिक मलेसिया ल्याउन महामारी व्यवस्थापन विशेष कमिटी सहमत भएको छ। अहिले विशेष गरी प्लान्टेशन क्षेत्रको आवश्यकता पूरा गर्नको लागि विदेशी श्रमिकको आवागमन खुला गरिने भएको छ। 

मलेसियाले २०७६ चैत पहिलो साताबाट नेपाली श्रमिक लैजान रोकेको थियो। केही समययता श्रमिक अभाव भएपछि मलेसियाका सबै क्षेत्रका रोजगारदाताहरूले नयाँ श्रमिक भर्नाको अनुमति दिन त्यहाँको सरकारलाई दबाब दिइरहेका थिए। जसअनुसार प्लान्टेसन (रबर र पाम आयल उद्योग) क्षेत्रलाई पहिलो प्राथमिकता दिइएको छ। 

मलेसियाले नोभेम्बरको मध्यबाट केही क्षेत्र विदेशी पर्यटकका लागि खुला गर्ने भएको छ। मलेसियाले कोरोना विरुद्धको खोप लगाएका  र उच्च स्तरका पर्यटकको आवागमनलाई प्राथमिकता दिने छ। जसबाट कोरोना महामारीबाट खस्किएको अर्थव्यवस्थामा सहयोग पुग्ने मलेसियाको अपेक्षा छ।

रबर ग्लोभ्स उद्योगहरूले पनि मलेसिया सरकारसँग विदेश श्रमिकलाई ल्याउने अनुमति मागिरहेका छन्। थप श्रमिक नल्याएमा यस वर्ष र आउँदो वर्षको माग अनुसार उत्पादनमा समस्या हुने उद्योगले बताइरहेका छन्।

प्रकाशित: Oct 27, 2021| 12:31 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।