बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई जनकारबाहीको धम्की

काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई जनकारबाहीको धम्की

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खोटाङले ठेक्का लिएर आयोजनाको कामलाई वर्षौंसम्म अलपत्र पार्ने ठेकेदारको सूची तयार पारेर जनकारबाही गर्ने चेतावनी दिएको छ।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

खोटाङ- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खोटाङले ठेक्का लिएर आयोजनाको कामलाई वर्षौंसम्म अलपत्र पार्ने ठेकेदारको सूची तयार पारेर जनकारबाही गर्ने चेतावनी दिएको छ। 

७ र ८ कात्तिकमा दिक्तेलमा गरिएको ११औं पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न नेकपाले जारी गरेको विज्ञप्तिमा जिल्लाभित्रका दर्जनौं योजनाको ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने ठेकेदारको सूची तयार गरेर जनकारबाही गर्ने धम्की दिएको हो। 

मध्यपहाडी लोकमार्ग, महुरे–फोक्सिङटार सडक, फोक्सिङटारको पक्की पुल, धाप्लाङघाटको पक्की पुल, हलेसी क्षेत्र खोटाङ (वृहत पम्पिङ) खानेपानी आयोजनालगायतका राष्ट्रिय महत्वका आयोजनाको काममा ढिलासुस्ती गर्ने ठेकेदारको सूची तयार पारेर जनकारबाही गर्ने तयारी गरिएको नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज शैलेसले बताए। 

विकास निर्माणमा भएका ढिलासुस्तीका विषयमा प्रशासन, निर्माण कम्पनी लगायतलाई आग्रह गर्दा बेवास्ता गरिएको नेकपाले जनाएको छ। नेकपाका जिल्ला सेक्रेटरी जीवनले जारी गरेको विज्ञप्तिमा ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाले जग्गा अधिग्रहण गर्दा विस्थापित हुने किसानको उचित पुनर्वासको व्यवस्था मिलाउनुपर्ने आवाज उठाइएको छ। 

जलविद्युत् आयोजनाबाट प्राप्त हुने मुआब्जा जग्गाधनीको हातमा जाने, तर दशकौंदेखि त्यही जग्गा कमाएर गुजारा चलाउँदै आएका किसान अलपत्र पर्ने अवस्था आउने भन्दै नेकपाले उनीहरूको पुनर्वासको व्यवस्थाका लागि राज्यको ध्यानाकर्षण गराएको हो। 

खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने जलविद्युत् आयोजनाले ओगट्ने जग्गाको अधिग्रहणको प्रक्रियाअघि बढिरहेका बेला नेकपाले यस्तो धारणा बाहिर ल्याएको हो। 

यस्तै, अरुण तेश्रो जलविद्युत आयोजनाको प्रसारण लाइनको पहिलो रुटका लागि रोक्का गरिएका जग्गाको क्षतिपूर्ति उपलब्ध गराउन भनेको छ। संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रोको प्रसारण लाइनको पहिलो रुटका लागि भन्दै दुई वर्ष रोक्का गरेर फुकुवा गरिएका खोटाङको साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका स्थानीयको जग्गाको क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको हो। 

हाल अरुण तेस्रोको दास्रो रुट कायम गरिएपछि नेकपाले पहिलो रुटमा रोक्का राखिएका अवधिको जग्गाको क्षतिपूर्ति उपलब्ध गराउन राज्यको ध्यानाकर्षण गराएको जनाएको छ।  नेकपाले प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवादको विषयमा घरघरसम्म व्यापक बहस अघि बढाउने, विभिन्न जनवर्गीय संगठन, जातीय, क्षेत्रीय, मोर्चा र युवा संगठनको जिल्ला सम्मेलन गर्ने, पार्टी स्थापना दिवसको उपलक्ष्यमा आगामी ८ मंसिरमा काठमाडौंमा हुने वृहत जनप्रदर्शन र आमसभालाई भव्य बनाउन तयारीमा जुट्ने, पार्टी सदस्य आवेदन र नवीकरणलाई तीव्रता दिनेलगायतका निर्णय गरेको विज्ञप्तिमा जनाएको छ। 

- न्युज कारखाना

प्रकाशित: Oct 27, 2021| 11:01 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।