बिहीबार, भदौ ४, २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

महोत्तरी, मकवानपुर, धनुषा, कास्की र सप्तरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

काठमाडौं- महोत्तरी, मकवानपुर, धनुषा, कास्की र सप्तरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। 

महोत्तरी, पिपरा गाउँपालिका-५ स्थित सडकमा ज१२प ४९७७ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सिन्धुली मरिनखोला नगरपालिका-१ बस्ने ३८ वर्षीय हरि बहादुर भुजेलको मंगलबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८ मनकामना चोकमा ना३त ३६६८ नम्बरको ट्याक्टरले ना२ह ५८६५ नम्बरको अटोलाई मंगलबार राति ठक्कर दिँदा अटोमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय पदम बहादुर बिकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर र अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

यस्तै धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-१० गोपालपुरस्थित सडकमा ज१त ६६०३ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँस्थित मामाघर बस्ने महोत्तरी पिपरा गाउँपालिका-३ रतौल घर भएका शम्भु मोचीको छोरा १० वर्षीय आकाश महराको मंगलबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा सामान्य उपचार पश्चात थप उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ। 

कास्की, पोखरा महानगरपालिका-२५ हेम्जास्थित सडकमा सागर एकेडेमी बोर्डिङ स्कुल हेम्जाको ना१क २३७३ नम्बरको स्कुल बसबाट खसेर सोही स्कुलमा यूकेजीमा अध्ययनरत ८ वर्षीय रोमन तामाङको मंगलबार दिउँसो मृत्यु भएको छ। बसबाट खसेर गम्भीर घाइते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सप्तरी, खडक नगरपालिका-७ कल्याणपुर चोकमा को१ख ७७८४ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीया ठण्डेश्वरी भगतको मंगलबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको युनिक अस्पताल रुपनीमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Oct 27, 2021| 12:05 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।