बिहीबार, भदौ ४, २०८३

उत्खननको पर्खाईमा ठाडाखानीको तामाखानी

म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानी गाउँको शिरानमा रहेको तामाखानी उत्खनन्को पर्खाईमा छ। रुमले भिरमा अवस्थित उक्त तामाखानी १९७१ सालअघि सञ्चालनमा आएपनि त्यसपछि भने बन्द भएको थियो।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानी गाउँको शिरानमा रहेको तामाखानी उत्खनन्को पर्खाईमा छ।  रुमले भिरमा अवस्थित उक्त तामाखानी १९७१ सालअघि सञ्चालनमा आएपनि त्यसपछि भने बन्द भएको थियो। 

तत्कालीन राणा सरकारले प्रतिबन्ध लगाएका कारण सो तामाखानी बन्द भएको हो। उक्त तामाखानी हालसम्म पुनः सञ्चालनमा ल्याउन कुनै पहल हुन सकेको छैन। 

तत्कालीन समयमा तामाखानी उत्खनन् गरेवापत सरकारलाई भेजा (कर) तिर्न नसकेका कारण उक्त खानी राणा शासकको मौखिक आदेशमा बन्द गरिएको स्थानीय बूढापाका बताउँछन्। त्यसपछिका राजनीतिक परिवर्तनपश्चात पनि उक्त तामाखानी सञ्चालनमा आउन सकेको छैन। 

'राजनीतिक परिवर्तनपछि गाउँमा जनप्रतिनिधि आएपछि खानी सञ्चालनमा आउने आशा गरेका थिए, चार वर्ष बित्यो, कुनै पहल भएन', स्थानीय गिरी छन्त्यालले भने। ठाडाखानीमा छन्त्याल र विक जातीका मानिस बसोबास गरेको बस्ती हो। एक सय ६ वर्ष अघि उनीहरू रुमले भिरको तामाखानी उत्खनन् गरी तामासँग अन्न साँट्ने गरेका थिए । यसरी नै स्थानीयवासीले जीवन निर्वाह गर्दै आएका थिए। 

तत्कालीन सरकारले अत्यधिक कर लिन थालेपछि तामाखानी बन्द गरी अन्य वैकल्पिक पेसा र वैदेशिक रोजगारीतर्फ लाग्नुपरेको रघुगङ्गा गाउँपालिका–६ का वडासदस्य टेकजीत छन्त्यालले बताए। रुमले भिरमा पाँच सुरुङ छन्। 

सुरुङको प्रवेशद्वारबाट २०० मिटरभित्र छिरेपछि तामाखानी हेर्न सकिन्छ। तामाखानी सञ्चालनमा आउन सके राज्यले वार्षिक करोडौं आम्दानी गर्न सक्ने तथा स्थानीयवासीले रोजगारी पाउने  सम्भावना छ।

- रासस

प्रकाशित: Oct 27, 2021| 07:57 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।