बिहीबार, भदौ ४, २०८३

खोटाङमा गरिब परिवारमा बढी आत्महत्या

खोटाङमा गरिब परिवारमा आत्महत्या दर बढी पाइएको प्रहरीले जनाएको छ ।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

खोटाङ– खोटाङमा गरिब परिवारमा आत्महत्या दर बढी पाइएको प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष ०७५–०७६ देखि ०७७–०७८ को आत्महत्याको तथ्यांकलाई विश्लेषण गर्दा गरिब परिवारका ६८.१८ प्रतिशतले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए । सो अवधिमा मध्यमवर्गीय परिवारका २९ दशमलव ५५ प्रतिशत र धनी वर्गका २ दशमलव २७ प्रतिशतले आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

तीन आर्थिक वर्षको अवधिमा शिक्षितभन्दा अशिक्षित व्यक्तिले बढी आत्महत्या गरेको पाइएको छ । साधारण लेखपढ गर्न सक्ने ६८.१८ प्रतिशत, कक्षा १० उत्तीर्ण गरेका २५ प्रतिशत र सोभन्दा माथि अध्ययन गरेका ७.८२ प्रतिशतले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ । जातीय आधारमा अध्ययन गर्दा सबैभन्दा बढी जनजाति समुदायमा आत्महत्या हुने गरेको पाइएको छ । जनजाति समुदायका १०१ जना, दलित समुदायका ३० र क्षेत्रीरब्राह्मण समुदायका २६ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

यस्तै, संयुक्त परिवारभन्दा एकल परिवारमा आत्महत्याको दर बढी देखिएको छ । एकल परिवारमा ७६.७० प्रतिशत र संयुक्त परिवारमा २३.३० प्रतिशतले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ । तीन आर्थिक वर्षको अवधिमा विवाहित ७३.७ प्रतिशत र अविवाहित ३६.९३ प्रतिशतले आत्महत्या गरेका छन् । ‘आत्महत्यामा व्यक्ति, परिवार र समाजको दोष हुन्छ,’ प्रहरी निरीक्षक शाहले भने, ‘आत्महत्याका क्रममा प्रयोग हुने डोरी, विषादिजस्ता वस्तुमा पहुँच घटाउनुपर्छ । मानसिक रोग वा दीर्घरोगीको समयमै उपचार गरे पनि आत्महत्या केही कम गर्न सकिन्छ ।’ 

आत्महत्या भए गरेका समयलाई अध्यायन गर्दा मध्यान्ह १२ देखि बेलुका ६ बजेको अवधिमा ६२ जनाले आत्महत्या गरेको तथ्यांक छ । यस्तै, बिहान ६ देखि मध्यान्ह १२ बजेसम्मको अवधिमा ६० जना, बेलुका ६ देखि राति १२ बजेको अवधिमा ३१ जना र रातको १२ देखि बिहान ६ बजेको अवधिमा १४ जनाले आत्महत्या गरेको पाइएको प्रहरी निरीक्षक शाहले बताए । 

खोटाङमा आर्थिक वर्ष ०७५–०७६ मा ३२ पुरुष, १८ महिला र २ बालबालिकाले आत्महत्या गरेको तथ्यांक छ । आर्थिक वर्ष ०७६–०७७ मा २५ पुरुष, १२ महिला र १२ वालबालिका, आर्थिक वर्ष ०७७–०७८ मा ४७ पुरुष, २० महिला र आठ बालबालिकाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

प्रकाशित: Oct 26, 2021| 16:05 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।