बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुटुरोगी पार्वतीको पीडा : ६ लाख उपचार खर्च कहाँबाट ल्याउनु?

मुटुरोगी पार्वतीको पीडा : ६ लाख उपचार खर्च कहाँबाट ल्याउनु?

जनक–पार्वती दम्पतिले हालसम्म उपचारमा निकै नै खर्च गरिसकेका छन्। भएभरको खेतबारी बेचिसकेका छन् भने थप १३ लाख ५० हजार ऋण लागेको छ।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

बैतडी- पाटन नगरपालिका–५ बसन्तपुरकी ४८ बर्षीया पार्वती ठगुन्ना एक वर्षदेखि मुटुरोगबाट पीडित छिन्। गंगालाल हृदयरोग केन्द्र काठमाडौंका अनुसार पार्वतीको मुटुको तीन वटा भल्ब फेर्नु पर्छ। यसका लागि करिब ६ लाख रुपैयाँ र चार जना रक्तदाता ल्याउन अस्पतालले भनेको छ। तर उनीसँग न रगत दिने मान्छे नै छन्, न अस्पतालले भने जति पैसा नै छ। उनी पाँच हजार रुपैयाँ बोकेर मुटुको अप्रेशन गर्न बैतडीबाट काठमाडांैतर्फ लागेकी छिन्। यो पैसाले उनी काठमाडौंसम्म पुग्ने टिकट पनि पाउदिनन्। 

उनीसँगै पति जनक पनि छन्। ६४ बर्षीय जनकको पनि मुटुमा समस्या छ। गाउँघरमा सिलाई पेशा गरिरहेका जनक दम्पतिका ६ छोरी र ६ बर्षका एक छोरा छन्। सिलाईको आम्दानीले परिवार पाल्नै मुस्किल छ अब उपचारका लागि आवश्यक ६ लाख कहाँबाट जुटाउने ? 

१३ लाख ऋण

जनक–पार्वती दम्पतिले हालसम्म उपचारमा निकै नै खर्च गरिसकेका छन्। भएभरको खेतबारी बेचिसकेका छन् भने थप १३ लाख ५० हजार ऋण लागेको छ। जनकले भने, ‘श्रीमतीलाई बैतडी, डडेल्धुरा, धनगढीदेखि काठमाडौंसम्मका धेरै अस्पतालमा पुर्याए , उपचार खर्च होटलको बसाइ, यातायात खर्च गरेर लाखौं खर्च भैसकेको छ। अझ अप्रेशन खर्च ६ लाख लाग्छ भनेको छ।’ उनीहरूको काठमाडौंमा कोही आफन्त छैनन्। कहाँ बस्ने के खाने ? भगवान भरोसेमा काठमाडौ जान लागेको उनीहरू बताउँछन्। सांग्रीला बैंकबाट ६ लाख, नेपाल इन्भेस्टमेन्ट बैंकबाट तीन लाख र गाउँघरबाट चार लाख ५० हजार ऋण निकालेको उनले बताए। 

मुटुरोग पीडित पार्वतीले भक्कानिदै भनिन् ‘मलाई बाँच्ने आशा निकै कम छ। घरमा १२ बर्षदेखि २० बर्षसम्मका ६ छोरी छन्। ६ बर्षको एक छोरा छ। दुबै बुढाबुढी बिरामी छौं। सात छोराछोरी टुहुरा भए भने कसले हुर्काइदेला ? रातदिन रोएरै बिताउँछौं। आफु मुटुको बिरामी छु, काम केहीँ गर्न सक्दिन।’

गत ०७७ माघमा पार्वती बिरामी परेर १५ दिन थला परिन्। उनलाई स्थानीय मेडिकल र जिल्लाका पोलिक्लिनिकहरूमा लगियो। पछि जिल्ला अस्पताल हुँदै डडेल्धुरा अस्पताल, धनगढीस्थित माया मेट्रो अस्पताल पुर्याएको पति जनकले बताए। अन्तमा काठमाडौं लगेपछि रोग पत्ता लागेर उपचार सुरु भयो। अहिले पनि उनको शरीर झम्झमाउने, हिँडडुल गर्न नसक्ने, धेरैबेर उभिन नसक्ने, शरीर दुखीरहने, सास फेर्न गाह्रो हुने, हातखुट्टा सुनिने गर्छ। उपचार गरौं पैसा छैन्, लाखौँ ऋण लागिसक्यो, उपचार नगरू छोराछोरी कसले पालिदेला ? उनीहरूकै चिन्ता छ।’ पार्वतीले भनिन्, ‘छोरा १५ बर्षसम्मको भइदिएको भए केही आशा हुन्थ्यो अब के गरू ? कोही सहयोग गर्ने भैदिए बाच्थेँ की।’

मुटुरोगी पार्वतीको परिवारलाई पाटन नगरपालिकाले १५ हजार सहयोग गरेको छ। विपन्नताका कारण एक लाख रुपैयाँ उपचार शुल्कमा छुट गरिदिन सिफारिस गरेको पाटन–५ का वडा अध्यक्ष फुनिसिंह बोहराले बताए। -सीपी लोहिया/न्युज कारखाना

 

प्रकाशित: Oct 26, 2021| 18:25 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।