रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईंले नेपालमा रेडक्रस कानुन बनाउन सरकारसँग आग्रह गरेका छन्।
उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भूभागमा हुस्सु- कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मर्मत भएको सडक कच्चीरूपमा खोलिएको, एकतर्फी सडक सञ्चालनमा आएको बताइएको छ। पहिरो झरेको माथिल्लो भागको भित्तो कोपरेर सवारीसाधन गुड्ने गरी सडक निर्माण गरिएको छ।
न्यौपानेलाई विसं २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र एक लाख जरिवाना तोकेको थियो। उनलाई यही माघ ७ गते पक्राउ गरी सोमबार सार्वजनिक...
निमित्त प्रजिअ राईले एक हप्तादेखि बन्द रहेका सेवा सोमबारबाट सञ्चालन भएको जानकारी दिएका छन्। स्वास्थ्य मापदण्डअनुसार तोकिएको समयमा आइसोलेशन बस्ने अवधि सकिएको र कोरोनामुक्त भएपछि कार्यालय सञ्चालन गरिएको उनले बताए।
हेलिकोप्टरबाट गोसाइँकुण्ड जाने तीर्थयात्रीको बुकिङअनुसार कार्यतालिका बनाइए पनि उड्ने समयमा प्रायःजसो अत्यधिक मात्रामा हिउँहुरी चल्न थालेपछि निर्धारण गरिएका उडान पटक-पटक स्थगन गर्नुपरेको हेलिकोप्टर कम्पनीहरूले जनाएका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीका अनुसार रु ९९ लाख ७१ हजार ९०८ लागतमा निर्माण सम्पन्न एकतले सो पक्की भवनमा हलसहित सातवटा कोठा रहेका छन्।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)हरूको सरुवा गरेको छ। मन्त्र राजेन्द्रप्रसाद श्रेष्ठले आइतबार सहसचिवहरूको सरुवा गर्ने निर्णय गराएका हुन्।
यसअघि गएको शुक्रबारको उडान पनि हिमपातका कारण अवरुद्ध बनेको थियो। आज मौसम नखुलेका कारण उडान रद्द भएको नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज लोकेन्द्र लिम्बूले बताए। लिम्बूका अनुसार गएको...
सोमबार बिहान ७ बजे प्र.२-०-३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी-९ सभाखोला नजिकै दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए।
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कार्यक्रमअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत नुवाकोट र रसुवाका सबै भेडाबाख्रालाई पिपिआर रोगविरुद्धको खोप दिन लागिएको हो।