बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्पताल भर्ना भएका शताब्दी पुरुष जोशीको स्वास्थ्यवस्था सामान्य

अस्पताल भर्ना भएका शताब्दी पुरुष जोशीको स्वास्थ्यवस्था सामान्य

शताब्दी पुरूष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

काठमाडौं- शताब्दी पुरूष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।

National life

१०२ वर्षीय जोशीको शरीरमा अक्सिजन कमी भएपछि अस्पताल भर्ना गरिएको हो। स्वास फेर्न गाह्रो भएसँगै उनी सोमबार राति ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल अस्पताल भर्ना भएका थिए। 

अस्पतालका अनुसार यतिबेला जोशीको स्वास्थ्यवस्था सुधारोन्मुख रहेको छ। अब एक दुई दिनमै जोशीलाई डिस्चार्ज गरिने अस्पतालले  जनाएको छ।

शरीरमा अक्सिजनको लेवल घटेसँगै अस्पतालले उनको कोरोना आशंकामा स्वाब परीक्षणका लागि पठाएको छ। अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले निमोनियाको संक्रमण देखिएकाले एन्टिबायोटिक चलाएर उपचार गरिरहेको बताएका छन्।

प्रकाशित: Feb 09, 2022| 06:43 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।