बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पशुपतिनाथको मन्दिर शुक्रबारबाट दर्शनार्थीका लागि खुला

पशुपतिनाथको मन्दिर शुक्रबारबाट दर्शनार्थीका लागि खुला

पशुपतिनाथको मन्दिर शुक्रबारबाट खुला हुने भएको छ। भक्तजनले पूजा तथा दर्शन गर्न सक्ने गरी मन्दिर खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

काठमाडौं- पशुपतिनाथको मन्दिर शुक्रबारबाट खुला हुने भएको छ। भक्तजनले पूजा तथा दर्शन गर्न सक्ने गरी मन्दिर खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। 

National life

जिल्ला प्रशासन कार्यालय काठमाडौंको २३ माघमा जारी आदेश अनुसार मन्दि खुला गर्ने निर्णय गरिएको कोषले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा मठ, मन्दिर, मस्जिद, गुम्वा, चर्चलगायत स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न गराउन सकिने उल्लेख छ। 

दर्शनार्थी एवं भक्तजनको गुनासोलाई मध्यनजर राखी विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी मन्दिरमा भक्तजनले दर्शन गर्न पाउने छन्।



प्रकाशित: Feb 10, 2022| 07:58 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।