बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी पौडेललाई

वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी पौडेललाई

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा कार्यरत पौडेललाई विभागमा ल्याइएका हुन्।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

काठमाडौं- वैदेशिक रोजगार विभागको महानिर्देशक फेरिएका छन्। विभागको महानिर्देशकको जिम्मवारी सहसचिव शेषनारायण पौडेललाई दिइएको छ।

National life

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा कार्यरत पौडेललाई विभागमा ल्याइएका हुन्। पौडेल मन्त्रालयको श्रम सम्बन्ध महाशाखा प्रमुख जिम्मेवारीमा थिए। उनी करिब दुई महिना अघि मन्त्रालयमा सरुवा भएर आएका थिए। 

पौडेल त्यसभन्दा अघि भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय मातहतको भुमि व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारीमा थिए। विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका सहसचिव दिपक काफ्ले मन्त्रालय तानिएका छन्। काफ्लेलाई करिव ६ महिना अघि विभागको महानिर्देशकको जिम्मेवारी दिइएको थियो।

यस्तै वैदेशिक रोजगार विभाग मातहत रहेको इपीएस शाखाको निर्देशक पनि फेरिएका छन्। सुरेश राउतलाई हटाएर मन्त्री श्रेष्ठले पुष्पराज कटवाललाई इपीएस शाखाको निर्देशकको जिम्मेवारी दिएका छन्। कटवाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको रोजगार समन्वय तथा सुचना शाखा प्रमुखको जिम्मेवारीमा थिए।

प्रकाशित: Feb 09, 2022| 12:09 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।