बिहीबार, असार ११, २०८३

पर्यटनमन्त्री आलेविरुद्ध सर्वोच्चमा मुद्दा दायर

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गरेका छन्।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

काठमाडौं- नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गरेका छन्। रेग्मीले मन्त्री आलेसहित नौ जनाविरुद्ध मंगलबार सर्वोच्चमा अवहेलना र मानहानिको मुद्दा दायर गरेका हुन्।

National life

सिइओ रेग्मीले दायर गरेको मुद्दामा सर्वोच्चले गत पुस १४ गते आफूलाई निलम्बन गर्ने बोर्ड सञ्चालक समितिको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो। आदेशको अर्को फैसला नै नआएको अवस्थामा बोर्ड सञ्चालक समितिले छानबिनको नाममा प्रतिवेदन बुझाउनुका साथै स्पष्टीकरणसमेत सोध्ने काम गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका छन्।

रेग्मीले दायर गरेको मुद्दामा पर्यटनमन्त्री आलेले आफूलाई सार्वजनिक स्थलमा अपशब्द बोलेर आफ्नो मर्यादामा समेत आँच पुगेको दाबी गरेका छन्।

बोर्डले सिइओ रेग्मीमाथि छानबिन गर्ने र सो अवधिका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। न्यायाधीश दीपककुमार कार्कीको इजलासले निलम्बनको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै कारणसहित दुवै पक्षलाई फागुन २ गते पुनः बोलाएको छ।

तर, यता बोर्डले आफूखुसी सर्वोच्चको आदेशविपरीत काम गरेको भन्दै मन्त्री आलेसहित सञ्चालक समितिका सदस्य र आमन्त्रित सदस्यलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन्।

Shivam cement

रेग्मीले दायर गरेको मुद्दामा बोर्डका अध्यक्ष महेश्वर न्यौपाने, उपाध्यक्ष चन्द्रप्रसाद रिजाल, सदस्यहरू पद्यादेवी पौडेल धमला, विप्लव पौडेल, डावाडिमा शेर्पा, कृष्णकुमार शाह, तारानाथ अधिकारी, होमप्रसाद लुइटेललाई विपक्षी बनाइएको छ।

प्रकाशित: Feb 10, 2022| 07:38 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।