काठमाडौं- सरकारले २९ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलबार २९ जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेका हुन्।
१८ जना सहसचिवलाई संघीय निकायबाट प्रदेशमा पठाइएको छ। जगेडामा रहेका ६ जनालाई पनि जिम्मेवारी दिइएको छ। यस्तै प्रादेशिक निकायका ६ जनालाई संघमा तानिएको छ भने प्रादेशिक निकायमा रहेका ३ जनालाई एक प्रदेशबाट अर्को प्रदेशमा सरुवा गरिएको छ।
सामान्य प्रशासन मन्त्रालयमा जगेडामा रहेका बलराम निरौलालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमतीमा, देवेन्द्र लामिछानेलाई सामाजिक विकास मन्त्रालय गण्डकी, प्रेमराज गिरीलाई प्रदेश नीति तथा योजना आयोग गण्डकीमा पठाइएको छ।
जगेडाकै रामहरि ज्ञवालीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम, उद्धवप्रसाद रिजाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ मा र ईश्वर कुमार गिरीलाई पर्यटन तथा संस्कृति मन्त्रालय प्रदेश १ मा पठाइएको छ।
राष्ट्रिय किताबखानाका नेत्रप्रसाद सुवेदीलाई सामाजिक विकास मन्त्रालय बागमती पठाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालबाट राजेन्द्र पराजुलीलाई प्रदेश प्रमुखको कार्यालय जनकपुर पठाइएको छ भने अर्थका नारायण सापकोटालाई लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ।
अर्थकै श्रीकृष्ण नेपालको श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती पठाइएको छ भने महेश आचार्यलाई मधेस प्रदेशमा खटाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका श्रीराम तिवारीको गण्डकी स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा खटाइएको छ।
खानेपानी मन्त्रालयबाट जक्की अहमद अन्सारीलाई लुम्बिनी प्रदेशमा, कृषिका वैकुण्ठ अधिकारीलाई लुम्बिनी कृषिमा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट रामशरण सापकोटालाई सुदूरपश्चिम आन्तरिक मामिलामा खटाइएको छ।
यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा रहेका अणप्रसाद न्यौपानेलाई प्रदेश लोक सेवा आयोग मधेसमा खटाइएको छ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, भक्तपुरमा रहेका अनुज भट्टचनलाई प्रदेश १ को स्वास्थ्यमा खटाइएको छ । जल तथा ऊर्जा आयोगबाट नवीन राज सिंहको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय प्रदेश एकमा तोकिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीमा रहेका यम प्रसाद भुसाल र कुमार प्रसाद दाहाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ। जगेडामा रहेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशबाट डा. शान्ता कार्कीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा भएको छ।
यज्ञ प्रसाद ढुंगेलको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट रक्षा मन्त्रालयमा, पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयबाट महेशचन्द्र न्यौपानेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ ।
एक प्रदेशबाट अर्को प्रेदशमा सरुवा हुनेमा माधवप्रसाद पोखरेल, विनोद बहादुर कुँवर र जगदीश्वर कर्माचार्य छन्।