शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सांसदद्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण

सांसदद्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण

सांसद्हरु निरुदेवी पाल, डा. दीपकप्रकाश भट्ट र नरबहादुर धामीले भौतिक पूर्वाधार सचिव रवीन्द्रनाथ श्रेष्ठलाई मंगलबार भेटेर पुललगायत संरचना चाँडो निर्माण गर्न ध्यानाकर्षण गराएका हुन्।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

काठमाडौं- कञ्चनपुरका सांसदहरुले निर्माणाधीन विभिन्न संरचना समयमै सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। सांसद्हरु निरुदेवी पाल, डा. दीपकप्रकाश भट्ट र नरबहादुर धामीले भौतिक पूर्वाधार सचिव रवीन्द्रनाथ श्रेष्ठलाई मंगलबार भेटेर पुललगायत संरचना चाँडो निर्माण गर्न ध्यानाकर्षण गराएका हुन्।  

दोधारा चाँदनी जोड्ने गरी महाकाली नदीमा निर्माणाधीन पुल निर्माण पुनः अघि बढाउन उनीहरुले माग गरेका छन्। ‘पुल चाँडो बनाउन हामीले माग गरेका छौँ, तीन चार महिनादेखि काम ठप्प छ’, सांसद धामीले भन्नुभयो। तीनै सांसदले विगतमा ठेक्का भएका कतिपय पुलको निर्माण प्रक्रिया अझै अघि नबढेको भन्दै सचिव श्रेष्ठको ध्यानाकर्षण गराएका छन्। 

तीन/चार वर्ष अघि योजनामा परेका अरु पुल प्रक्रियामा नै नगएको भन्दै त्यसलाई अघि बढाउन आग्रह गरिएको सांसद् धामीले बताए। सचिव श्रेष्ठले महाकाली पुल जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्न प्रतिबद्धता व्यक्त गरे। सरकारले चार वर्ष अघि महाकाली नदीको दोधारा-चाँदनीलाई जोड्ने गरी पक्की पुल निर्माण थालेको हो। 


प्रकाशित: Feb 09, 2022| 09:40 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।