काठमाडौं- कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढेपछि बन्द भएको पशुपतिको मन्दिरमा शुक्रबारदेखि दर्शन गर्न पाइने भएको छ। माघ २३ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशअनुसार बन्द भएको मन्दिर संक्रमण कम भएसँगै खुला हुन लागेको हो।
स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भक्तजनहरूको दर्शनका लागि खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले सूचित गराएको छ।
जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जना भन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न गराउन सकिने प्रशासनको आदेशमा उल्लेख छ।