बुधबार, असार १०, २०८३

समाज

कर्णालीका आठ जिल्लामा एकीकृत बस्ती निर्माण हुने

कर्णाली प्रदेशको जाजकोटको जुनिचाँदे गाउँपालिका-७ मा ४०, बारेकोट गाउँपालिका-४, ५ मा ६० घर निर्माण हुन लागेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

पक्की घरले ल्यायो खुसियाली

कोहलपुरको लोकनगरमा नगरपालिकाले बनाइदिएको घरमा बस्दै आएकी कल्पना गन्धर्वको जीवनभरिको सपना पूरा भएको बताएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

दाङमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–१ भालुवाङका २५ वर्षीय नरेन्द्र जिसी रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लमहीस्थित लमही अस्पतालमा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

भक्तपुरको चाँगुनारायण नगरपालिका स्मार्ट घोषणा

नगरप्रमुख सोमप्रसाद मिश्रले नागरिकले लिने सबै सेवालाई सूचना प्रविधिमैत्री बनाउँदै सहज पहुँच पुर्‍याउने आफूले लिएको उद्देश्य पूरा भएको भन्दै नगरपालिकालाई स्मार्ट नगरपालिकाको अवधारणाअनुसार काम अघि बढाएको बताए।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

भक्तपुरमा घाँटी रेटिएको अवस्थामा महिलाको शव फेला

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सोमवार बेलुका चाँगुनारायणको बागरेमा तरकारी खेती गर्न बनाइएको टिनको कच्ची टहराभित्र पहिचान नखुलेको महिलाको शव फेला परेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

त्रिवि परिसरमा शव भेटियो

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको परिसरमा एक युवक मृत अवस्थामा फेला परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

डढेलोका कारण सोलुखुम्बुको नाक्चुङ बस्ती जोखिममा

आइतबार रातिदेखि लागेको डढेलो नियन्त्रण बाहिर हुँदा सोही गाउँपालिका वडा नं २ को नाक्चुङबस्ती जोखिममा परेको वडाध्यक्ष आङ्फुर्वा शेर्पाले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड

भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत मन्त्रालयले ३१ योजनासहित तत्काल चार करोड रकम स्वीकृत गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

रोल्पा उद्योग वाणिज्य संघमा आचार्य

आचार्यले निकटतम प्रतिद्वन्द्वी वसन्त सुवेदीलाई तीन मतान्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचन अधिकृत तुलसी जिसीका अनुसार आचार्यले ४३७ प्राप्त गर्दा सुवेदीले ४३४ मत प्राप्त गरेका थिए।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

मकवानपुरमा अस्पताल निमार्ण कार्य द्रुतगतिमा

यसका लागि चार वटा स्थानीय तहमा जग्गा छनोट तथा बोलपत्र भई अस्पताल भवन निर्माण भइरहेको छ, भने एक स्थानीय तहको जग्गा छनोट प्रक्रिया अगाडि बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

डोल्पा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै

विद्युतीकरण नभएको कर्णालीको डोल्पामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुत गतिले अगाडि बढेको हो। चालु आर्थिक वर्षको असार महिनाभित्र डोल्पामा केन्द्रीय प्रसारण लाइन पुर्‍याउने लक्ष्य लिएको बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

लागूऔषधसहित तीन जना पक्राउ

पक्राउ पर्नेमा बागलुङको कोठेखोला गाउँपालिका-५ का २० वर्षीय मोहन श्रीष, ताराखोला गापा-१ का २१ वर्षीय नितेश घर्तीमगर र २१ वर्षीय सौरभ पुन रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

आजको मौसम सफा, भोलि चट्याङसहित वर्षा

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भुभागमा मौसम सामान्यतया सफा छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

लमजुङको सुन्दरबजार क्षेत्रमा निषेधाज्ञा

लमजुङको सुन्दरबजार नगरपालिका क्षेत्रमा निषेध आदेश जारी गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

पुलमा यात्रा गर्ने मुसिकोटवासीको सपना अधुरै

तम्घास- ‘दोस्रो पटक पुल बगाउँदा त हामी रोएका थियौँ, अब त बन्ने आश पनि हराइसक्यो। गुल्मीको मुसिकोट नगरपालिका–३ का खिमलाल अधिकारीले भने, ‘पुलमा यात्रा गर्ने आशमा जीवन कट्ने भयो।’
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

एमसीसीबारे भ्रम चिर्न गृहमन्त्रीद्वारा कार्यकर्तालाई आग्रह

गृहमन्त्री बालकृष्ण खाणले एमसीसी राष्ट्रको हितमा हुँदाहुँदै पनि यसबारे अनेक भ्रम फिँजाइएकाले कार्यकर्ताले यसबारे जनतामाझ प्रष्ट पार्नुपर्ने बताएका छन्। उनले एमसीसीबारे जनतामा फैलाइएको भ्रम चिर्न कार्यकर्तालाई आग्रहसमेत गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

जंगलमा आगो निभाउँदा एकको मृत्यु, एक गम्भीर घाइते

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ मा पर्ने भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

हत्या आरोपी कतार र बहराइनबाट पक्राउ

कास्कीको लेखनाथमा मजदुरी गरी बस्‍ने सुनसरी धरानका २० वर्षीय रोजन राईको हत्यामा संलग्‍न रहेका अभियुक्त सोही जिल्लाका ४६ वर्षीय अशोक गुरुङ १५ वर्षपछि पक्राउ परेका हुन्। विसं २०६३ वैशाख २९...
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

रिसोर्टमा भएको घटनाबारे अनुसन्धान गर्न पल शाहलाई तनहुँबाट गैँडाकोट लगियो

जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका कलाकार पल शाहलाई थप अनुसन्धानका लागि पूर्वी नवलपरासीको गैँडाकोट लगिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

अन्यायमा परेकी किशोरीलाई लड्ने साहस दिने कि खिसीट्युरी गर्ने?

आज हामी जति ती नाबालिगलाई सुनिदिन्छौं या बुझिदिन्छौं, त्यति नै सहजताका साथ भोलि हाम्रो घरमा यो घटना घट्दा हाम्रा छोरीचेलीले आफूमाथि भएको दुर्व्यवहार र अन्यायबारे बोल्न सक्नेछन्। नत्र त उनीहरु...
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८