शुक्रबार, साउन २९, २०८३

बैंकिङ कसुरमा फरार रहेका बञ्‍जाडे पक्राउ

नेपाल प्रहरीले उच्च अदालत पाटनले रु ११ लाख जरिवाना तोकेपछि फरार रहेका एकजनालाई पक्राउ गरेको छ।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

काठमाडौं- नेपाल प्रहरीले उच्च अदालत पाटनले रु ११ लाख जरिवाना तोकेपछि फरार रहेका एकजनालाई पक्राउ गरेको छ। 

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विसं २०७८ मङ्सिर २१ को फैसलाअनुसार चार दिन कैद र रु ११ लाख जरिवाना तोकेपछि फरार रहेका अर्घाखाँची मालारानी गाउँपालिका–२ का ४९ वर्षीय कृष्णप्रसाद बञ्जाडेलाई आज पक्राउ गरेको हो।

अदालतको फैसलापछि फरार रहँदै आएका बञ्‍जाडेलाई काठमाडौंको थापागाउँबाट पक्राउ गरेको हो। पक्राउ बन्जाडेलाई फैसला कार्यान्वयनका लागि बुधबार जिल्ला अदालत काठमाडौँ पेश गरिएको महाशाखाले जनाएको छ।

प्रकाशित: Mar 09, 2022| 22:25 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।