बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • युक्रेनबाट लगभग सबै नेपालीको उद्धार गरियो : राजदूत खड्का

युक्रेनबाट लगभग सबै नेपालीको उद्धार गरियो : राजदूत खड्का

युक्रेनमा रहेका नेपालीहरूको उद्धार कार्य लगभग सकिएको जर्मनका लागि नेपाली राजदूतावासले जनाएको छ।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

काठमाडौं- युक्रेनमा रहेका नेपालीहरूको उद्धार कार्य लगभग सकिएको जर्मनका लागि नेपाली राजदूतावासले जनाएको छ। युक्रेनबाट मंगलबार ६ नेपाली पोल्यान्ड पुगेसँगै अब स्थायी रूपमै बसेका नेपालीबाहेक अन्य नेपाली त्यहाँ नरहेको दूतावासको अनुमान छ।

National life

पछिल्लो तथ्यांक  अनुसार हालसम्म पोल्याण्डमा ४६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावा पुगेका छन्। हालसम्म ५८४ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेको युक्रेनबाट नेपालीहरूलाई बाहिर ल्याउन खटिरहेका जर्मनका लागि नेपाली राजदूत रामकाजी खड्काले बताए।

उनले तीन नेपालीको भारतीय उडानमार्फत उद्धार गरिएको बताएका छन्। उनीहरू भारतको नयाँ दिल्ली हुँदै नेपाल आउने तयारीमा छन्। 

करिब ३८ जनाको परिवार व्यवसायसहित स्थायी रुपमै युक्रेनमा बसोबास गर्दै आएकोले पारिवारिक, कानुनी र व्यवहारिक कारणले नेपाल आउन नसकेको उनले बताए। सबै नेपालीको उद्धार कार्य सकिएकाले अब उनीहरूलाई नेपाल फर्काउन बाँकी रहेको बताएका छन्।

प्रकाशित: Mar 10, 2022| 07:22 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।