शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • युट्युबमार्फत चरित्र हत्या गर्ने परियार र चिलुवाल पक्राउ

युट्युबमार्फत चरित्र हत्या गर्ने परियार र चिलुवाल पक्राउ

प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत भ्रामक समाचार सम्प्रेषण गरी चरित्र हत्या गर्ने नागार्जुन नगरपालिका-८ भीमढुङ्गाका हरि परियार र लमजुङ राइनास नगरपालिका घर भई तारकेश्वर शेषमती बस्ने २७ वर्षीय निशान चिलुवाललाई बुधबार पक्राउ गरेको हो।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

काठमाडौं- नेपाल प्रहरीले युट्युब च्यानलमार्फत अनर्गल वक्तव्य बाजी तथा चरित्र हत्या गर्ने दुईजनालाई पक्राउ गरेको छ। प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत भ्रामक समाचार सम्प्रेषण गरी चरित्र हत्या गर्ने नागार्जुन नगरपालिका-८ भीमढुङ्गाका हरि परियार र लमजुङ राइनास नगरपालिका घर भई तारकेश्वर शेषमती बस्ने २७ वर्षीय निशान चिलुवाललाई बुधबार पक्राउ गरेको हो। 

पक्राउ परेका परियारले ‘नेपाल मिडिया’ र चिलुवालले ‘विशाल नेपाल’ नामक युट्युब च्यानलमार्फत गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेकाले पक्राउ गरिएको ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।

उनीहरुले विद्युतीय ऐन, २०६३ अन्तर्गतको कसुर गरेकाले पक्राउ गरिएको प्रवक्ता अर्यालले बताउनुभयो। पक्राउ दुवैलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। 

प्रकाशित: Mar 09, 2022| 20:40 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।