शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तारागाउँ विकास समितिको सदस्य सचिवमा लुइँटेल नियुक्त

तारागाउँ विकास समितिको सदस्य सचिवमा लुइँटेल नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रिक्त रहेको तारागाउँ विकास समितिको सदस्य सचिवमा बुधबार लुइँटेललाई नियुक्त गरेका हुन्। मन्त्रिस्तरीय निर्णयबाट उनलाई चार वर्षका लागि नियुक्त गरिएको बताइएको छ।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

काठमाडौं- नेपाल सरकारले तारागाउँ विकास समितिको सदस्य सचिवमा नारद लुइँटेललाई नियुक्त गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रिक्त रहेको तारागाउँ विकास समितिको सदस्य सचिवमा बुधबार लुइँटेललाई नियुक्त गरेका हुन्। मन्त्रिस्तरीय निर्णयबाट उनलाई चार वर्षका लागि नियुक्त गरिएको बताइएको छ।

बुधबार नियुक्त भएका लुइँटेल यसअघि पनि एक कार्यकाल सदस्य सचिव भइसकेका छन्। लुइँटेललाई सदस्य सचिवमा नियुक्त गरिएपछि हायत रिजेन्सी होटलले गैरकानूनीरूपमा अतिक्रमण गरेको जग्गा फिर्ता ल्याउन सहज हुने विश्वास गरिएको छ। 

लुइँटेलले यसअघिको आफ्नो कार्यकालमा हायत रिजेन्सी होटलले अतिक्रमण गरेको १५० रोपनी सरकारी जग्गाको विवरण सार्वजनिक गरी कारवाही प्रक्रिया अघि बढाइएको थियो। 

प्रकाशित: Mar 09, 2022| 23:20 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।