शुक्रबार, साउन २९, २०८३

कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

बुधवार मात्रै एक जना सुब्बा थपिएका छन्। कार्यालय प्रमुख दिलबहादुर केसी फागुन ३ गते जिल्ला कारागार बागलुङमा सरुवा भएपछि झन् कर्मचारी अभावमा काम गर्न निकै समस्या भएको हो।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

बागलुङ- पश्चिम बागलुङका नागरिकलाई सहजताका लागि बुर्तिबाङमा स्थापना गरिएको मालपोत कार्यालयमा कर्मचारी नहुँदा सेवा ग्राहीले सास्ती भोग्नुपरेको छ। अहिले कार्यालय एक सुब्बाको भरमा चलेको छ। 

बुधवार मात्रै एक जना सुब्बा थपिएका छन्। कार्यालय प्रमुख दिलबहादुर केसी फागुन ३ गते जिल्ला कारागार बागलुङमा सरुवा भएपछि झन् कर्मचारी अभावमा काम गर्न निकै समस्या भएको हो।

१३ कर्मचारको दरबन्दी रहेको यस कार्यालयमा अहिले २ सुब्बा, ३ कार्यालय सहयोगी र २ कम्युटर अपरेटरका भरमा कार्यालय सञ्चालन गर्नुपरेको नायब सुब्बा कासीराम खड्काले बताए।

उनले अहिले १ नायब सुब्बा आएपछि केही सहज भएको बताए। उनले केही समय आफू एक्लै काम गर्दा प्रभावकारी सेवा प्रदान गर्न समस्या भएको बताए।

हाल कार्यरत २ कम्प्युटर अपरेटर करारका हुन्। स्थायी कर्मचारी भने छैनन्। ३ कार्यालय सहयोगीमध्ये १ मात्रै स्थायी हुन्। कार्यालयमा १ अधिकृत, ३ खरिदार, ३ नासु र १ लेखा अधिकृतको पद खाली रहेको उनको भनाइ छ।

मालपोत कार्यालयमा दैनिक २०/२५ जनासम्म सेवाग्राही आउने गर्छन्। गाउँगाउँबाट आएका नागरिक समयमा काम नसकिएर ३–४ दिनसम्म बजारमा बस्नुपर्ने बाध्यता रहेको खड्काले बताए। उनले कर्मचारी नहुँदा यो अवस्था सिर्जना भएको जानकारी दिए।

प्रकाशित: Mar 10, 2022| 08:15 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।