बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री र फ्रान्सेली प्रतिनिधिमण्डलबीच भेट, व्यापार र लगानी अभिवृद्धिमा जोड

प्रधानमन्त्री र फ्रान्सेली प्रतिनिधिमण्डलबीच भेट, व्यापार र लगानी अभिवृद्धिमा जोड

नेपाल-फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स-नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

काठमाडौं- नेपाल-फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स-नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ। 

National life

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार भएको उक्त भेटमा दुवै पक्षले पारस्परिक हित र चासोका विविध विषयका साथै आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउने बारेमा विचार-विमर्श गरेको थियो। भविष्यमा सञ्चालन गर्नसकिने द्विपक्षीय विकास परियोजनाबारे पनि प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलले  छलफल गरेको थियो। 

नेपाल–फ्रान्स सम्बन्धलाई अझ उन्नत तुल्याउन संसदीय समूहले निर्वाह गरेको भूमिकाको सराहना गर्दै प्रधानमन्त्री देउवाले व्यापार, लगानी, पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तन प्रतिकार्यलगायत क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि अपरिहार्य भएकामा जोड दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

अध्यक्ष रियोतोँले राजनीति र जलवायु परिवर्तनका प्रभावको सामना गर्न नेपालका महिलाहरूको सहभागिता बढाएकामा नेपालको प्रशंसा गर्दै दिगो विकास र कृषि क्षेत्रमा फ्रान्स र नेपालबीच सहयोग सुदृढ तुल्याउने आफ्ना चाहना राखेका थिए। 

उक्त प्रतिनिधिमण्डलले बुधबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि शिष्टाचार भेट गरेको हो। भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले ७३ वर्ष लामो नेपाल-फ्रान्स मैत्रीलाई सुदृढ बनाउन संसदीय मैत्री समूहले गरेको योगदानको सराहना गर्दै फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियालाई निरन्तर समर्थन गरेकामा हार्दिक कृतज्ञता ज्ञापन गरे। उनले फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यका रूपमा रहेको स्वतन्त्रता, समानता र भ्रातृत्व नेपालको लोकतान्त्रिक आन्दोलन र सङ्घर्षमा सधैँ प्रेरणादायी रहेको बताए। 

Shivam cement

पारस्परिक सद्भाव र समझदारीमा आधारित नेपाल र फ्रान्सबीचको सम्बन्ध उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट अझ प्रगाढ हुने बताउँदै अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ महामारीविरुद्धको नेपालको लडाइँमा फ्रान्सले कोभ्याक्स सुविधामार्फत खोप अभियानमा गरेको सहयोगप्रति आभार व्यक्त गरे। 

अध्यक्ष रियोतोँले दुई देशबीचको सहयोग र सहकार्यलाई अझ सघन तुल्याउन प्रयास गर्ने आश्वासन दिँदै नेपालमा तीनवटै तहका सरकारको सम्बन्ध र सहकार्य बारे जिज्ञासा  राखेका थिए। दुवै भेटमा अध्यक्ष रियोतोँका साथ समूहका उपाध्यक्षद्वय निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर तथा नेपालका लागि फ्रान्सका राजदूत जिल बुरबाओको पनि उपस्थिति थियो। 

फ्रान्सको संसदीय प्रतिनिधिमण्डलले बिहीबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रकाशित: Mar 09, 2022| 20:20 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।