काठमाडौंको कपनमा बस्दै आएकी बन्दना मुडभरी केही महिनायता कामको खोजीमा निकै भौंतारिरहेकी थिइन्। तर, यो सहरमा भनेजस्तो जागिर कहाँ पाउनु!
घरमै बसेर समय कटाइरहेकी थिइन् बन्दना। पछिल्लो समय भिडियो एपका रुपमा चर्चित रहेको टिकटक उनको समय कटाउने साथी बनेको थियो। माघ मध्यतिरको कुरा हो। सधैंझैं उनी टिकटकमा भिडियो हेरिरहेकी थिइन्। भडियो स्क्रोल गरिरहँदा अमर पाण्डे फेन्सी क्लब नाम गरेको अकाउन्टबाट अपलोड भएको एउटा भिडियोमा उनको नजर अडियो। जहाँ लेखिएको थियो– ‘कर्मचारी आवश्यकता।’
भिडियोमा देखियो, कागजले बनाइएको थाकका थाक मालाहरु। अनि बीचमा सम्पर्कका लागि एउटा मोबाइल नम्बरसँगै थप लेखिएको थियो– ‘माला बनाउने कारखानाका लागि १० जना कर्मचारी आवश्यकता। मासिक तलब २२ हजार। हाम्रो कारखानाका लागि कर्मचारीहरु धेरै मात्रामा चाहिएको छ।’
बेरोजगार बसिरहेकी बन्दनाका लागि त यो विज्ञापन ढुंगा खोज्दा देउता मिलेसरह हुने नै भयो। त्यसपछि उनले त्यही अकाउन्टबाट अपलोड भएकाले अन्य भिडियोहरु पनि हेरिन्। आकर्षक तलबसहित कतै पोते बनाउने काम, कतै कल सेन्टर, कतै वेटर त कतै ड्राइभरको विज्ञापन गरिएको भिडियो देखिन्। कक्षा ८ भन्दा माथि पढेकालाई अफिसभित्र, अनि नपढेका महिलाहरुका लागि कारखानाभित्र काम दिइने पनि भनिएको थियो। कतिपय काम कारखानामा सिकेपछि घरमै बसीबसी गर्न सकिने सुविधा पनि त्यहाँ उल्लेख थियो। यो सबै देखेपछि उनलाई लाग्यो– ‘यो त बेरोजगारहरुलाई रोजगारी दिलाइदिने गज्जबको अफिस रहेछ।’
त्यतिमात्रै कहाँ हो र! बेरोजगारहरुलाई लोभ्याउन ‘हाम्रो ४२ वटा शाखा छ, जहाँ भने त्यही ठाउँमा काम पाइन्छ’भन्ने सुविधासम्म उल्लेख थियो विज्ञापनमा। यो सबै देखेर लोभिएकी बन्दनाले त्यसपछि तत्काल भिडियोमा दिइएको मोबाइल नम्बरमा सम्पर्क गरिन्। अफिसमा रहेकी ‘शर्मिला मिस’लाई फोन गर्न भनियो। त्यसपछि शर्मिलाले कोटेश्वर नजिकै सोसाइटी वेलफेयर म्यानेजमेन्ट सर्भिसेज लेखिएको अफिसमा बोलाइन्।
बेरोजगार बसिरहेकी बन्दनाका लागि त यो विज्ञापन ढुंगा खोज्दा देउता मिलेसरह हुने नै भयो। त्यसपछि उनले त्यही अकाउन्टबाट अपलोड भएकाले अन्य भिडियोहरु पनि हेरिन्। आकर्षक तलबसहित कतै पोते बनाउने काम, कतै कल सेन्टर, कतै वेटर त कतै ड्राइभरको विज्ञापन गरिएको भिडियो देखिन्।
अफिसमा पुग्दा भिडियोमा देखिएजस्तो कुनै कारखाना थिएन। तर पाँच कोठा रहेको एउटा कार्यालय थियो। साँघुरो कोठामा टेबल, कुर्सी र सोफा। अनि थानका थान रसिदहरु। अफिसको सम्पत्ति लगभग यत्ति नै देखिन्थ्यो।
तैपनि बन्दनाले शंका गरिहाल्न आवश्यक ठानिनन्। अफिसमा सजिएर बसिरहेकी ती युवतीले उनलाई ‘ढुक्क हुनुस्, काम पाइन्छ’ भनेर आश्वासन दिइन्। तर, सुरुमा ‘यो भर्नुपर्छ’ भन्दै एउटा फर्म फराइन्। अनि, फर्म शुल्क भन्दै ५ सय रुपैयाँ ठटाइन्।
जागिर नै पाइन्छ भने ५ सय के ठूलो कुरा! पवित्राले पनि केही नबोली दिइहालिन्। जब फर्म भरिन्, त्यसपछि बन्दनाको हातमा रसिद थमाउँदै ती युवतीले भनिन्, ‘अब यो लिएर तीनकुने जानुस्। त्यहाँ सिन्धु सेवा नाम गरेको अफिस छ। त्यसको सञ्चालक घनश्याम पहाडी दाइ हुनुहुन्छ, उहाँलाई भेट्नुस्।’
अब जागिर पाइने भो भन्दै फुरुङ्ग भएकी बन्दना त्यसपछि सरासर तीनकुने दिइएको लोकेसनमा पुगिन् र घनश्यामलाई भेटिन्। घनश्यामले त्यहाँ उनलाई भने, ‘फूलको माला बनाउने काम हो। तर, सुरुमा तालिम लिनुपर्छ। तालिम लिएको ३५ सय रुपैयाँ तिनुपर्छ। त्यसपछि काम पाइन्छ।’
रसिद काट्दा ५ सय खर्च भइसकेको थियो। जागिर पाइन्छ भन्ने ढुक्क बन्दना थप ३५ सय दिन तयार भइन्। त्यसपछि उनलाई एउटा परिचयपत्र पनि दिइयो। पहिलो दिन तालिममा पनि बोलाइयो। पेपर काट्न सिकाइयो। तर, त्यसपछि गायब!
न तालिम, न जागिर। भोलि आउनु, पर्सि आउनु भन्दै अलमल्याउन थालियो। पछि बुभ थाहा भयो– त्यहाँ आउने अरुलाई पनि त्यसै गरिएको रहेछ। त्यसपछि मात्रै उनलाई थाहा भयो– ‘म त ठगिएँछु।’
०००
कुनै समय पत्रपत्रिकाको वर्गीकृत डिस्प्लेमा ‘कर्मचारी आवश्यकता’ लेखिएको विज्ञापन खुब छापिन्थ्यो। अनि, त्यसैलाई पछ्याएर बेरोजगारहरु ठगिएका घटना कुनै नौलो हाइन। तर, जागिरको विज्ञापन गर्ने माध्यमचाहिँ अहिले परिवर्तन भएको देखिन्छ।
‘सहरका भित्ता र पत्रपत्रिकामा अहिले पनि आकर्षक तलब दिने भन्दै जागिरको विज्ञापन गर्ने क्रम रोकिएको छैन,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी वसन्तराज कुँवर भन्छन्, ‘तर, त्योभन्दा बढी विज्ञापन अहिले टिकटक, फेसबुक लगायत सोसल मिडियामा भएको पाइयो। पछिल्लो समय मान्छेहरुको इन्गेजमेन्ट टिकटकमा बढेपछि ठगहरु पनि आफ्नो विज्ञापन लिएर त्यहीँ पुगिरहेका छन्।’
रसिद काट्दा ५ सय खर्च भइसकेको थियो। जागिर पाइन्छ भन्ने ढुक्क बन्दना थप ३५ सय दिन तयार भइन्। त्यसपछि उनलाई एउटा परिचयपत्र पनि दिइयो। पहिलो दिन तालिममा पनि बोलाइयो। पेपर काट्न सिकाइयो। तर, त्यसपछि गायब!
माथि उल्लेखित घटनाकी पीडित बन्दनाले आफूजसरी नै ठगिएकी बूढानीलकण्ठ बस्ने शान्ता शर्मालाई भेटेपछि ठगीको विस्तृत जानकारीसहित हालैमात्र अपराध महाशाखामा उजुरी दिएकी थिइन्। त्यसपछि ‘जब सेन्टर’का नाममा भइरहेको ठगीबारे चर्चा सुनिरहेको अपराध महाशाखाले यो ठगी धन्दालाई सहरबाट बढार्न अपरेसन नै चलाउने निष्कर्षमा पुग्यो। त्यसपछि बन्दना र शान्ता ठगिएको कम्पनीमा महाशाखाको प्रहरी टोली स्वयं बेरोजगार बनेर जागिर खोज्न पुग्यो।
खोज्दै जाँदा दिनहुँ दर्जनौं बेरोजगार जागिर खोज्ने बहानामा ठगिएको पाइयो। टिकटकमार्फत विज्ञापन गरिरहेका अमर पाण्डेले नै कोटेश्वरमा सोसाइटी वेलफेयर नामक कम्पनी चलाएर बेरोजगारलाई ठग्दै आइरहेको प्रहरी अनुसन्धानबाट खुल्यो।
थप खोजी गर्दै जाँदा रोजगारीको बहाना बेरोजगारहरुलाई ठग्नेहरु त उपत्यकामा गिरोह नै बनिसकेको रहेछ। आइतबार अपराध महाशाखाको टोलीले यसरी ठगी गरिरहेका विभिन्न ९ जना कम्पनीका सञ्चालकहरुलाई उपत्यकाको बानेश्वर, चावहिल, कोटेश्वर, बालाजु लगायत स्थानबाट पक्राउ गरेपछि यो धन्दाको भित्री कथा फेरि सतहमा आएको हो।
पक्राउ पर्नेहरुमा अर्घाखाँचीका तिलकराम पाण्डे (३२), बालाजुस्थित दूधपोखरी जब प्लेसमेन्ट एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक आनन्द मरहठ्ठा (२२), एनएन मल्टिपर्पोजका सञ्चालक विवेक यादव (२३), एबिएस जब एन्ड ट्रेनिङ सेन्टरका अश्विन राई (२८), सिन्धु रोजगार सेवाका घनश्याम पहाडी (२२), प्राश्ना जब इन्टरनेशनल मल्टिपर्पाेजकी सञ्चालिका सृजना लामिछाने (२५), क्विकमान्डु एमपीकी ज्ञानु न्यौपाने (४०) र अनमोल जब मल्टिपल प्रालिका रामवचन कुमार यादव (२२) रहेका छन्।
थप खोजी गर्दै जाँदा रोजगारीको बहाना बेरोजगारहरुलाई ठग्नेहरु त उपत्यकामा गिरोह नै बनिसकेको रहेछ। आइतबार अपराध महाशाखाको टोलीले यसरी ठगी गरिरहेका विभिन्न ९ जना कम्पनीका सञ्चालकहरुलाई उपत्यकाको बानेश्वर, चावहिल, कोटेश्वर, बालाजु लगायत स्थानबाट पक्राउ गरेपछि यो धन्दाको भित्री कथा फेरि सतहमा आएको हो।
‘उनीहरु सबैको ठग्ने काइदा लगभग उस्तै रहेछ,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइराला भन्छन्, ‘घरमै बसीबसी जागिर मिल्छ भन्दै आकर्षक तलबको लोभ देखाएर सामाजिक सञ्जाल, पत्रपत्रिकादेखि पम्प्लेटसम्म बाँड्ने र टाँस्ने गर्दा रहेछन्। त्यही हेरेर सम्पर्कमा आउनेहरुलाई सुरुमा ३ सयदेखि ५ सय रुपैयाँसम्म फर्म चार्ज लिने रहेछन्। त्यसपछि ग्यारेन्टी शुल्क भन्दै थप १ हजारदेखि ६ हजारसम्म असुल्ने रहेछन्। व्यक्तिलाई हेर्ने हो भने यो रकम सानो लाग्न सक्छ तर दिनहुँ काठमाडौंमा सयौं बेरोजगार यसरी नै ठगिइरहेका छन्। सबैको जोड्दा यो रकम ठूलो हुन जान्छ।’
ठगिने धेरै, उजुरी कम
उपत्यकामा यसरी हरेक दिन जागिर खाने नाममा ठगिने बेरोजगारको संख्या उल्लेख्य भए पनि उनीहरु प्रहरीकहाँ उजुरी दिन जाँदैनन्।
किन त? ‘किनभने उनीहरुलाई ४–५ हजारका लागि के उजुरी दिनु भन्ने लाग्दो रहेछ,’ एसपी कोइराला भन्छन्, ‘ठगिनेहरुको यही मनोविज्ञानले ठगहरु झन् झन् बलियो बनिरहेका रहेछन्। सुरुमा त हाम्रो आग्रह के छ भने कोही पनि रोजगारदाताको पृष्ठभूमि नहेरीकन जागिरको नाममा ठगिन जानुभएन। दोश्रो, जो ठगिनुभएको छ, अप्ठेरो नमानी उजुरी दिनुस्।’
अहिलेसम्म यसरी जागिरको प्रलोभनमा परेर ठगिएका ३६ जना पीडितमात्रै प्रहरीको सम्पर्कमा आएको बताउँदै कोइरालाले भने, ‘तर, ती जब सेन्टर भनिएकाहरुको कार्यालयबाट जफत गरेका रसिद हेर्दा पछिल्लो ६ महिनाले एउटा कम्पनीले मात्रै प्रतिव्यक्ति ५ सय, १ हजार गरेर ५ लाखसम्मको रसिद काटेको पाइयो। तर, पक्राउ परेका पिडकबाट हामी सबै बिगो तिराउन सक्दैनौं। कारण, सबै पीडितले जाहेरी दिएको अवस्था छैन। ज–जसले दिए, उनीहरुले मात्रै रकम फिर्ता पाउने भए।’
अपराध महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार पक्राउ परेका अधिकांश जब सेन्टरको पृष्ठभूमि हेर्दा सबैले कम्पनी दर्ता गरे पनि जागिरका लागि कुनै पनि रोजगारदाता कम्पनीसँग सम्झौता गरेको पाइएन। ‘सबैले हचुवाको भरमा जागिर लाइदिन्छु भन्दै बेरोजगार ठगिरहेको पाइयो,’ उनले भने, ‘ज–जसले जागिरका लागि फर्म भरेका हुन्छन्, उनीहरुलाई शर्त बमोजिमको काममा नलगाउने रहेछन्। लगाइहाले पनि तोकिए बमोजिमको तलब र सुविधा दिँदैनन्। अनि केही समयमा नै पीडितलाई जागिर छोड्न बाध्य बनाएको पाइयो।’