बुधबार, असार १०, २०८३

दोलखामा ट्र्याक्टर दुर्घटना : एकको मृत्यु, चार घाइते

गैरीशङ्कर गाउँपालिका–४ झ्याकु गोर्पाङमा ना ६ त २७७५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा झ्याकु निवासी ३३ वर्षीय लीलाबहादुर खत्रीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

दोलखा- दोलखाको गौरीशङ्कर गाउँपालिका झ्याकुमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। गैरीशङ्कर गाउँपालिका–४ झ्याकु गोर्पाङमा ना ६ त २७७५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा झ्याकु निवासी ३३ वर्षीय लीलाबहादुर खत्रीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। 

National life

दुर्घटनामा परी सोही वडा निवासी १५ वर्षीय ङाङ्छुङ शेर्पा, २१ वर्षीय आङ्फुर्वा शेर्पा, ५० वर्षीय पछिरी शेर्पा, १७ वर्षीय र आङ्टोपे शेर्पा घाइते भएको दोलखा प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए।

घाइतेमध्ये १५ वर्षीय ङाङ्छुङ शेर्पाको निधारमा चोट लागेको कारण सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टर रिफर गरिएको छ भने अन्य बिरामीको सिंगटी अस्पतालमा उपचार भइरहेको छ।

गाउँपालिका वडा नं ४ गोर्पाङबाट ढुङ्गा लिएर झ्याकु जाँदै गरेको ट्र्याक्टर अनियन्त्रित भई करिब २०० मिटर सडकबाट तल खसेको प्रहरीले जनाएको छ। दुर्घटना कसरी भएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।   रासस

प्रकाशित: Mar 10, 2022| 07:15 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।