बुधबार, असार १०, २०८३

भक्तपुरमा पछिमा बाजा प्रतियोगिता हुने

सांस्कृतिक विधाको संरक्षण सम्वर्द्धन गर्नुका साथै नागरिकमा रहेको सीप उजागर गर्न भक्तपुर नगरपालिकाले यही फागुन २७ गते पछिमा बाजा प्रतियोगिता गर्न लागेको हो। प्रतियोगिता दरबारस्क्वायरमा हुनेछ।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८
National life
Shivam cement

भक्तपुर- भक्तपुरमा नेवारी सांस्कृतिक बाजा पछिमाको प्रतियोगिता हुने भएको छ। सांस्कृतिक विधाको संरक्षण सम्वर्द्धन गर्नुका साथै नागरिकमा रहेको सीप उजागर गर्न भक्तपुर नगरपालिकाले यही फागुन २७ गते पछिमा बाजा प्रतियोगिता गर्न लागेको हो। प्रतियोगिता दरबारस्क्वायरमा हुनेछ।

प्रतियोगितामा प्रथम हुने समूहले २० हजारका साथै पछिमा एक थान, सिछ्या एक थान, तँ एक थान, बाँसुरी चार थान तथा द्धितीय हुनेले १५ हजारका साथै पछिमा एक थान, सिछ्या एक थान, तँ एक थान पुरस्कार प्राप्त गर्नेछ। त्यसैगरी तृतीय हुनेले १० हजार, पछिमा एक थान, सिछ्या एक थान तथा सान्त्वना पुरस्कार पाँच हजारका साथै पछिमा एक थान र सहभागी सबै टोलीलाई पछिमा बाजा एक/एक थान प्रदान गरिने वडा नं ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले बताए।

सांस्कृतिक प्रतियोगिताले भक्तपुरको मौलिक बाजागाजालाई संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई यसतर्फ आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले पछिमा बाजा प्रतियोगिता गर्न लागेको नगर प्रमुख सुनिल प्रजापतिले बताए। 

प्रकाशित: Mar 10, 2022| 09:00 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।