शुक्रबार, साउन २९, २०८३

मोबाइल वालेटको 'ओटीपी' मागेर ठगी, पक्राउ परे धिरेन

२५ लाख रुपैयाँको चिट्ठा परेको भन्दै ठगी गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका -६ का २० वर्षीय धिरेन कुमार मण्डल छन्।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

काठमाडौं- २५ लाख रुपैयाँको चिट्ठा परेको भन्दै मोबाइल वालेटको ओटीपी (वान टाइम पासवर्ड) मागेर ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका -६ का २० वर्षीय धिरेन कुमार मण्डल छन्। 

आफू खल्ती, इसेवाजस्ता मोबाइल वालेटको कर्मचारी भएको भन्दै ओटीपी कोड माग्ने र रकम ट्रान्सफर गरी ठगी गरेको पाइएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ। सामाजिक संजाल ह्वाटस् एप, इमो र फेसबुकको समेत दुरुपयोग गरी उनले ठगी गरेको प्रहरीको भनाइ छ। 

यसरी विभिन्न आईडीहरुबाट उनले २ लाख १ हजार रुपैयाँ ठगी गरेको देखिएको महाशाखाले जानकारी दिएको छ। उनीमाथि थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ। 

प्रकाशित: Mar 09, 2022| 18:13 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।